टेबल टेनिसमा नेपाललाई २ पदक « Khabarhub

टेबल टेनिसमा नेपाललाई २ पदक


१७ मंसिर २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– १३ औं दक्षिण एीसयाली खेलकुद (साग) अन्तर्गत टेबलटेनिस पुरुष टिम इभेन्टमा नेपालले रजत पदक जितेको छ ।

मंगलबार लैनचौरस्थित टेनिस कोर्टमा भएको फाइनलमा भारतसँग ३–० सेटमा पराजित भएपछि नेपालले रजतमै चित्त बुझाउनु परेको हो । भारतले स्वर्ण पदक जित्दा श्रीलंका र बंगलादेशले कास्य पदकमा चित्त बझाए ।

आजै भएको सेमिफाइनलमा नेपालले बंगलादेशलाई ३–० सेटमा पराजित गरेको थियो भने अर्को सेमिफाइनल खेलमा भारतले श्रीलंकालाई ३–० को सेटमा पराजित गरेको हो ।

यस्तै, महिला टिम इभेन्टमा पनि भारतले नै स्वर्ण पदक उचालेको छ । महिला तर्फको फाइनलमा भारतले श्रीलंकालाई ३–० कै सेटमा पराजित गरेको थियो । भारतसँग पराजित भएको श्रीलंकाले रजत पदकमा चित्त बुझायो ।

यता, महिला तर्फ भने नेपाल ले कास्य पदक जितेको छ । सेमिफाइनलमा श्रीलंकासँग ३–० को सेटमा पराजित भएपछि नेपालले कास्यमा चित्त बुझाएको हो । यस्तै, अर्को सेमिफाइनलमा माल्दिभ्स भारतसँग ३–० कै सेटमा पराजित भएपछि कास्य पदक पाएको छ ।

प्रकाशित मिति : १७ मंसिर २०७६, मंगलबार  ८ : ५६ बजे

इरान युद्ध नयाँ चरणमा प्रवेश गर्न सक्ने जोनसनको संकेत

 एजेन्सी– अमेरिकी प्रतिनिधिसभाका सभामुख माइक जोनसनले इरानसँग जारी द्वन्द्व चाँडै नयाँ

गरिमा प्रकरणले तात्यो संसद् : सालिक ठड्याएर न्याय हुँदैन, जघन्य अपराधमा मृत्युदण्ड देऊ

काठमाडौं- बाराको सिमरामा बलात्कारपछि हत्या गरिएकी तीन वर्षीया गरिमा चौधरीको

नाटक ‘वीर गणेशमान’ भदौं १४ बाट मञ्चन हुने

काठमाडौं – नाटक ‘वीर गणेशमान’ भदौ १४ बाट काठमाडौंको कालिकास्थानस्थित

पर्यटन विधेयकमा आरोहीको बीमादेखि ‘फेक रेस्क्यु’ नियन्त्रणसम्मका सुझा

काठमाडौं– पर्यटन क्षेत्रका सरोकारवालाले प्रस्तावित पर्यटन विधेयकमा आरोहीको सुरक्षा, बीमा, उद्धार

बाबुरामको गुनासो : धर्मनिरपेक्षताको कुरा गर्दा ‘हिन्दूविरोधी’ भनेर घृणा फैल्याए

काठमाडौं- पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले केही स्वार्थप्रेरित व्यक्ति तथा समूहले