‘कार्यकारी अध्यक्ष’ भएको २ हप्तापछि प्रचण्डले बोलाए सचिवालय बैठक « Khabarhub

‘कार्यकारी अध्यक्ष’ भएको २ हप्तापछि प्रचण्डले बोलाए सचिवालय बैठक


१७ मंसिर २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– ‘कार्यकारी’ अध्यक्ष जिम्मेवारी पुष्पकमल दाहाल प्रचण्डले नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक बोलाएका छन् ।

अर्का अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली उपचारका लागि अस्पतालमा रहेका बेला प्रचण्डले सचिवालय बैठक बोलाएका हुन् ।

मंसिर ४ गते बसेको सचिवालय बैठकले प्रचण्डलाई कार्यकारी अध्यक्षको अधिकार दिने निर्णय गरेको थियो ।

कार्यकारी अध्यक्षको ‘अधिकार’को पाएको करिब २ सातापछि प्रचण्डले सचिवालय बैठक बोलाएका हुन् ।

प्रचण्डको आह्वान बुधबार बिहान ९ बजे नेकपा मुख्यालय धुम्बाराहीमा सचिवालय बैठक बस्ने जनाइएको छ ।

सचिवालय बैठकमा उपचुनावको समीक्षासहित, प्रधानमन्त्री ओलीलाई स्वास्थ्य लाभको कामना गर्ने विषयमा छलफल हुने जनाइएको छ ।

प्रकाशित मिति : १७ मंसिर २०७६, मंगलबार  ९ : ०६ बजे

ट्रम्पको दाबी : विश्वभरका ट्यांकर तेल भर्न अमेरिकातर्फ आइरहेका छन्

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्वका विभिन्न देशबाट तेल

तनहुँमा गाडीको ठक्करबाट स्कुटरमा सवार दुई जनाको मृत्यु

तनहुँ – तनहुँको शुक्लागण्डकी नगरपालिका–५ गाछेपानीमा आज दिउँसो गाडी दुर्घटना

देशको आर्थिक विकासका निम्ति निजी क्षेत्रलाई समेट्नुपर्छ : मनिष झा

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदहरुले सामाजिक न्यायसहित मुलुकको

इस्लामावादमा अमेरिका र इरानबीच उच्च तहको वार्ता जारी

काठमाडौं – इस्लामावादमा इरान र संयुक्त राज्य अमेरिका बीच जारी

कोहलपुरमा टिपरको ठक्करबाट आमाको मृत्यु, छोरा घाइते

नेपालगञ्ज – बाँकेको कोहलपुर नगरपालिका–१५, अक्कलघरवामा आज टिपरले मोटरसाइकललाई ठक्कर