दक्षिण एसियाली खेलकुद– नेपालको नाममा दर्ज भए ९४ स्वर्ण पदक « Khabarhub

दक्षिण एसियाली खेलकुद– नेपालको नाममा दर्ज भए ९४ स्वर्ण पदक


१७ मंसिर २०७६, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौं, पोखरा र जनकपुरमा जारी १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा नेपालले २३ स्वर्ण पदक जितेको छ । मंगलबार बेलुकीसम्म भएका खेलमा नेपालले २३ स्वर्ण जितेको छ ।

मंगलबार नेपालले २३ स्वर्ण जितेसँगै सागमा नेपालको स्वर्ण पदकको संख्या ९४ पुगेको छ । नेपालले दक्षिण एसियाली खेल (साग)मा समग्रमा १०० स्वर्ण पुर्‍याउन अब ६ स्वर्ण ल्याउनुपर्ने छ ।

यसअघिका १२ संस्करणमा नेपालले ७१ स्वर्ण जितेको थियो । सागमा नेपाललाई स्वर्णको शतक पुरा गर्न मात्रै ६ स्वर्ण आवश्यक छ ।

१३ औं सागमा नेपालले तीन दिनका खेल सकिँदा अहिलेसम्म सबैभन्दा धेरै तेक्वान्दो र करातेमा समान ९–९ स्वर्ण पदक जितेको छ । एथलेटिक्सकी स्नतोषी श्रेष्ठ सागमा एथलेटिक्सबाट स्वर्ण जित्ने पहिलो खेलाडी बनेकी छन् ।

यी हुन् १३ औं सागमा नेपाललाई २३ स्वर्ण पदक दिलाउने खेलाडीहरु

कराते (९ स्वर्ण पदक)

काता (महिला) – सरु कार्की, संगिता मगर, निर्मला तामाङ
काता (पुरुष)– मण्डेकाजी श्रेष्ठ, महसुस तामाङ, प्रविण मानन्धर
पुरुष सिंगल्स काता – काजी क्षेष्ठ
८४ किलोमाथि– विप्लवलाल श्रेष्ठ
५० किलो– लक्ष्मण तामाङ
५० किलोमुनि (महिला)– अनु अधिकारी
४५ किलोमुनि (महिला) – कुसुम श्रेष्ठ
६७ केजी तौल समूह मुनि – नविन रसाइली
६८ केजी तौल समूह मुनि – सुनिता महर्जन

तेक्वान्दो (९ स्वर्ण पदक)

पुम्से (२९ वर्षमाथि समूहगत) – आशया शाक्य, सञ्जिवकुमार पाण्डे
पुम्से (२९ वर्षमाथि एकल) – आयशा शाक्य
पुम्से (२३–२९ वर्ष एकल)– पार्वती गुरुङ
पुम्से (२३–२९ वर्ष एकल)– कमल श्रेष्ठ
पुम्से (१७–२३ वर्ष एकल)– सिना मादेन लिम्बु
पुम्से (महिला समूह (२३–२९ वर्ष)– निता गुरुङ, प्रशंसा क्षेत्री, सुशीला राई
महिला समूह (७–२३ बर्ष) – निशा दर्नाल, स्वस्तीका तामाङ, सञ्जीला तिम्सिना
पुरुष ६८ केजी तोल समूहमा – विर बहादुर महर
महिला ४६ केजी तौल समूह – काजल श्रेष्ठ

उसु
– विजय सिञ्जाली
– सुस्मिता तामाङ

ट्रायथलन– सोनी गुरुङ

दुआथलन– हिमाल टमटा

एथलेटिक्स– सन्तोषी गुरुङ

यस्तै, नेपालले १० रजत पदक र १३ कास्य पदक जितेको छ । योसँगै १३ औं सागमा नेपालको जम्मा पदक संख्या ४६ पुगेको छ ।

अहिलेसम्म पदक आएका खेलमा तेक्वान्दो, कराते, ब्याडमिन्टन, एथलेटिक्स, ट्रायथलन, दुवाथलन, उसु, भलिबल र टेबलटेनिस हुन् ।

कराते, तेक्वान्दो, एथलेटिक्स, ट्रायथलन, दुवाथलन र उसुमा नेपालले स्वर्ण पदक जितेको छ भने भलिबल, टेबलटेनिस र ब्याडमिन्टनमा रजत र कास्य पदक जितेको छ ।

प्रकाशित मिति : १७ मंसिर २०७६, मंगलबार  ९ : ४९ बजे

इजरायल र हिजबुल्लाहबीच भीषण आक्रमण : अमेरिका-इरान युद्धविराम संकटमा

जेरुसेलम – इजरायलले लेबनानमा भीषण हवाई आक्रमण गरेपछि अमेरिका र

प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता गरिँदै

काठमाडौँ– प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता हुँदैछ ।

बैतडीमा ६६ हजारभन्दा बढी नागरिक स्वास्थ्य बीमामा आबद्ध

बैतडी– बैतडीमा ६६ हजारभन्दा बढी नागरिक स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध

साल ०८२ : संगीतमा पनि बालेन बलियो, यी हुन् धेरै भ्युज पाउने गीत

०८२ लाई बिदा गर्दै गर्दा एकपट संगीत क्षेत्रको हाइटाइट हेरौँ

भोजपुरका सम्मरबहादुरको हत्यामा संलग्न चारजना पक्राउ

काठमाडौँ– भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा