‘सचेतनामूलक हाफ म्याराथन’को उपाधि आर्मीलाई « Khabarhub

‘सचेतनामूलक हाफ म्याराथन’को उपाधि आर्मीलाई


२० माघ २०७५, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– श्री कृष्ण प्रणामी युवा परिषद् नेपालले आयोजना गरेको ‘सचेतनामूलक हाफ म्याराथन’को उपाधि त्रिभुवन आर्मी क्लबका कल्याण बानियाँले जितेका छन् ।

संस्थाको २९ औँ स्थापना दिवसका अवसरमा शनिबार भएको प्रतियोगितामा बानियाँले निर्धारित दूरी एक घण्टा सात मिनेटमा पूरा गर्दै उपाधि जितेका हुन् । त्यसैगरी आर्मीकै हरिकुमार रिजालले निर्धारित दूरी एक घण्टा आठ मिनेटमा पूरा गर्दै दोस्रो भएका छन् ।

आर्मीकै राजन रोकाया निर्धारित दूरी एक घण्टा आठ मिनेट २८ सेकेण्डमा पूरा गर्दै तेस्रो भए । कोटेश्वरबाट शुरु भएको म्याराथन नयाँ बानेश्वर, बबरमहल, थापाथली, कुपण्डोल, पुल्चोक, जावलाखेलबाट फेरी कुपण्डोल, थापाथली, त्रिपुरेश्वर, टेकु, कालीमाटी, कलङ्की, खसीबजार, बल्खु, एकान्तकुना, सातदोबाटो, बालकुमारी हुँदै पुनः कोटेश्वर पुगी समापन भएको थियो ।

कार्यक्रममा प्रथम, द्वितीय र तृतीय हुनेले क्रमश :रु ३०, २० र १५ हजार पुरस्कार प्राप्त गरे । युवामा सकारात्मक सोच, मानवमा सहयोग र सेवाको भावना अभिवृद्धि गराउन जनचेतनामूलक हाफ म्याराथन दौड प्रतियोगिता गरिएको संस्थाका अध्यक्ष नमराज ढकालले जानकारी दिए ।

प्रकाशित मिति : २० माघ २०७५, आइतबार  ३ : २१ बजे

विश्वकपको अन्तिम खेलमा आज स्कटल्यान्डसँग भिड्दै नेपाल

काठमाडौं– आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत समूह ‘सी’मा रहेको नेपालले

म्याग्दीका उम्मेदवारको चुनावी मुद्दा : ‘वैकल्पिक सडक’ को व्यवस्था

म्याग्दी– आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा म्याग्दीका उम्मेदवारले जिल्लाको पश्चिमी क्षेत्र

विदेश पठाउने भन्दै ६५ लाख ठगी गर्ने चार जना पक्राउ

काठमाडौं– काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरीले रोजगारीका लागि

विश्वकपमा रोचक समीकरण : अस्ट्रेलियालाई हराउँदै श्रीलंका सुपर आठमा

काठमाडौं – आईसीसी टी–२० विश्वकप क्रिकेटको आयोजक श्रीलंका सुपर आठ

पशुपतिमा आएका नागा बाबासहित साधुसन्तलाई बिदाइ गरिँदै

काठमाडौं– महाशिवरात्रिको उपलक्ष्यमा पशुपतिनाथको दर्शनका लागि आएका नागा बाबालगायत साधुसन्तलाई