वम विस्फोटपछि आयरल्याण्डमा तनाव | Khabarhub Khabarhub

वम विस्फोटपछि आयरल्याण्डमा तनाव


२० माघ २०७५, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

केही साताअघिमात्र उत्तरी आयरल्याण्डको डेरी शहरमा बम विष्फोट भयो । विष्फोटमा कुनै मानवीय क्षति त भएन तर यसले आयरल्याण्डमा नयाँ भय उत्पन्न गरिदियो । बम विष्फोटनको जिम्मा आयरल्याण्डको लडाकु समूह आइरिश रिपब्लिकन आर्मीले लियो ।

आयरल्याण्ड अहिले दुई भागमा विभाजित छ । उत्तरी आयरल्याण्ड बेलायतको प्रशासन छ भने प्रजातान्त्रिक आयरल्याण्ड स्वतन्त्र मुलुक छ । आरिइरिश रिपव्लिकन आर्मी आयरल्याण्डलाई एकै मुलुक बनाउने लक्ष्यसहित युद्धरत छ ।

खासगरी बेलायत युरोपेली युनियनबाट बाहिरिने विषयमा बहस चलिरहेका बेला उत्तरी आयरल्याण्डमा भएको यो विष्फोट धेरै महत्वपूर्ण छ । बेलायत युरोपेली युनियनबाट बाहिरिने विषयमा जारी बहसका क्रममा बेलायती प्रधानमन्त्री टेरिजा मे बेलायत युरोपेली युनियनसँग कुनै सम्झौता नगरी बाहिरिने पक्षमा छिन् । उनको गठबन्धन सरकारको अर्को घटक डेमोक्र्याटिक युनियनिष्ट पार्टी पनि त्यही चाहन्छ । उत्तरी आयरल्याण्डको कट्टर दक्षिणपन्थी डेमोक्र्याटिक युनियनिष्ट पार्टी उत्तरी आयरल्याण्ड बेलायतकै राजसंस्थाअन्तर्गत हुनुपर्ने पक्षमा छ । यदी बेलायत युरोपेली युनियनबाट बाहिरिने विषयमा प्रधानमन्त्री मेले ड्मोक्र्याटिक युनियनिष्ट पार्टीलाई मनाउन सकिनन् भने उनको सरकार नै धरापमा पर्नेछ ।

अर्कोतर्फ इयुसँग कुनै सम्झौता नगरी बेलायत युरोपेली युनियनबाट बाहिरिएमा त्यसले आयरल्याण्डमा हार्ड बोर्डर अर्थात् सिमानामा कडाई हुने बताइन्छ । यसबाट उत्तरी आयरल्याण्ड तथा प्रजातान्त्रिक आयरल्याण्ड एकै देश हुनुपर्ने माग गर्दै युद्धरत आइरिश रिपब्लिक आर्मी चिढिने स्पष्टै छ । पछिल्लो आक्रमणलाई पनि त्यसैको एक घटनाका रुपमा लिइएको छ ।

प्रकाशित मिति : २० माघ २०७५, आइतबार  ३ : ४४ बजे

आयोगले भन्यो : उपनिर्वाचनमा निर्धक्कसँग मतदान गर्नू

काठमाडौं- निर्वाचन आयोगले इलाम–२ मा र बझाङ–१ (क) मा शनिबार

कांग्रेस बलियो भए मात्रै सबैले फाइदा लिन सक्छन् : डा. महत

काठमाडौं – नेपाली कांग्रेसका प्रवक्ता एवम् पूर्वअर्थमन्त्री डा. प्रकाशशरण महतले

भारतको लगानीमा चितवनमा सामुदायिक विकास परियोजनाको निर्माण

काठमाडौं- ‘नेपाल–भारत विकास सहकार्य’ अन्तर्गत चितवनको खैरहनी नगरपालिकामा निर्माण गरिएको

‘ऊर्जामा भू-राजनीतिक प्रभाव व्यवस्थापन गरौं, प्रसारण सञ्जाल बढाऔं’

काठमाडौं– नेपालमा ऊर्जा क्षेत्रको विकास र क्षेत्रीय ऊर्जा व्यापारका लागि