वम विस्फोटपछि आयरल्याण्डमा तनाव « Khabarhub

वम विस्फोटपछि आयरल्याण्डमा तनाव


२० माघ २०७५, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

केही साताअघिमात्र उत्तरी आयरल्याण्डको डेरी शहरमा बम विष्फोट भयो । विष्फोटमा कुनै मानवीय क्षति त भएन तर यसले आयरल्याण्डमा नयाँ भय उत्पन्न गरिदियो । बम विष्फोटनको जिम्मा आयरल्याण्डको लडाकु समूह आइरिश रिपब्लिकन आर्मीले लियो ।

आयरल्याण्ड अहिले दुई भागमा विभाजित छ । उत्तरी आयरल्याण्ड बेलायतको प्रशासन छ भने प्रजातान्त्रिक आयरल्याण्ड स्वतन्त्र मुलुक छ । आरिइरिश रिपव्लिकन आर्मी आयरल्याण्डलाई एकै मुलुक बनाउने लक्ष्यसहित युद्धरत छ ।

खासगरी बेलायत युरोपेली युनियनबाट बाहिरिने विषयमा बहस चलिरहेका बेला उत्तरी आयरल्याण्डमा भएको यो विष्फोट धेरै महत्वपूर्ण छ । बेलायत युरोपेली युनियनबाट बाहिरिने विषयमा जारी बहसका क्रममा बेलायती प्रधानमन्त्री टेरिजा मे बेलायत युरोपेली युनियनसँग कुनै सम्झौता नगरी बाहिरिने पक्षमा छिन् । उनको गठबन्धन सरकारको अर्को घटक डेमोक्र्याटिक युनियनिष्ट पार्टी पनि त्यही चाहन्छ । उत्तरी आयरल्याण्डको कट्टर दक्षिणपन्थी डेमोक्र्याटिक युनियनिष्ट पार्टी उत्तरी आयरल्याण्ड बेलायतकै राजसंस्थाअन्तर्गत हुनुपर्ने पक्षमा छ । यदी बेलायत युरोपेली युनियनबाट बाहिरिने विषयमा प्रधानमन्त्री मेले ड्मोक्र्याटिक युनियनिष्ट पार्टीलाई मनाउन सकिनन् भने उनको सरकार नै धरापमा पर्नेछ ।

अर्कोतर्फ इयुसँग कुनै सम्झौता नगरी बेलायत युरोपेली युनियनबाट बाहिरिएमा त्यसले आयरल्याण्डमा हार्ड बोर्डर अर्थात् सिमानामा कडाई हुने बताइन्छ । यसबाट उत्तरी आयरल्याण्ड तथा प्रजातान्त्रिक आयरल्याण्ड एकै देश हुनुपर्ने माग गर्दै युद्धरत आइरिश रिपब्लिक आर्मी चिढिने स्पष्टै छ । पछिल्लो आक्रमणलाई पनि त्यसैको एक घटनाका रुपमा लिइएको छ ।

प्रकाशित मिति : २० माघ २०७५, आइतबार  ३ : ४४ बजे

प्रतिनिधि सभा निर्वाचनका लागि नेपाललाई बंगलादेशी प्रधानमन्त्रीको बधाई

काठमाडौं– बंगलादेशका प्रधानमन्त्री ताहरिक रहमानले नेपालमा फागुन २१ गतेसम्पन्न प्रतिनिधिसभा

समानुपातिकमा रास्वपालाई ऐतिहासिक मत, अन्य दलको कति ? (अपडेट)

काठमाडौं – निर्वाचन आयोग नेपाल ले सार्वजनिक गरेको पछिल्लो विवरण

संखुवासभामा एमालेका अर्जुन कार्की विजयी

काठमाडौं – फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचन

अमेरिकी डेमोक्रेटिक सांसद्द्वारा इरानी विद्यालयमा भएको विस्फोटको निष्पक्ष छानबिन गर्न माग

वासिङ्टन – अमेरिकी डेमोक्रेटिक सांसदहरूले सोमबार अमेरिकी रक्षा मन्त्रालय पेन्टागनलाई

मोदीसँग रविले राखे प्राथमिकताका चार विषय, ‘विकास कूटनीति’लाई अघि बढाउने

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले भारतीय प्रधानमन्त्री