‘यात्रा’ को टिजरमा लभ र एक्सन (भिडियो) « Khabarhub

‘यात्रा’ को टिजरमा लभ र एक्सन (भिडियो)


२० माघ २०७५, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सम्राट शाक्य निर्देशित फिल्म ‘यात्रा’ को टिजर सार्वजनिक गरिएको छ । राजधानीमा बिहीवार आयोजित औपचारिक कार्यक्रममा फिल्मको टिजर सार्वजनिक गरियो । युट्युबमा समेत सार्वजनिक गरिएको यो टिजरलाई दर्शकले रुचाएको प्रतिक्रिया दिएका छन् ।

फिल्ममा सलिनमान बानियाँ, प्रेक्षा बज्राचार्य, मालिका महत, सलोन बस्नेत लगायतको मुख्य भूमिका छ । फिल्मको टिजरमा सलोनलाई नेगेटिभ भूमिकामा प्रस्तुत गरिएको छ भने सलिनमानलाई प्रेमीको भूमिकामा देखाइएको छ ।

जाह्नवी बस्नेत, विशाल कट्वाल, धिरेन शाक्य, राजाराम पौडेल लगायत कलाकारले समेत अभिनय गरेको यो फिल्म यात्राका क्रममा हुने घटनालाई लिएर निर्माण गरिएको हो ।

फिल्ममा हिमाल केसीको द्वन्द्व, प्रविण सिंहको कोरियोग्राफी त्यस्तै प्रतीक पौडेल, सुरेश न्यौपाने र शिशिर खातीको लेखन रहेको छ । फिल्मको स्किृप्ट निर्देशक शाक्यल नै लेखेको यो फिल्म नयाँ वर्षको अवसर पारेर आउँदो चैत्र २९ गतेदेखि प्रदर्शन हुँदैछ ।

प्रकाशित मिति : २० माघ २०७५, आइतबार  ५ : ३० बजे

चीनको हतियार निर्यातमा पाकिस्तान प्रमुख

नयाँदिल्ली– पछिल्ला वर्षहरूमा विश्वव्यापी हतियार कारोबारको ढाँचामा उल्लेखनीय परिवर्तन देखिँदै

माछा मार्ने क्रममा डुबेर एक युवकको मृत्यु

गुल्मी– माछा मार्ने क्रममा गुल्मीको बडिगाड खोलामा डुबेर एक युवकको

माछा मार्ने क्रममा डुबेर एक युवकको मृत्यु

गुल्मी– माछा मार्ने क्रममा गुल्मीको बडिगाड खोलामा डुबेर एक युवकको

पर्वतमा समानुपातिकतर्फ रास्वपाकै फराकिलो बहुमत

पर्वत– पर्वतमा समानुपातिक निर्वाचनतर्फ मतगणना सम्पन्न भएको छ । आज

मध्यपूर्व युद्धका कारण कच्चा तेलको मूल्यमा तीव्र वृद्धि

एजेन्सी – इरानसँगको युद्ध चर्किँदै गएपछि विश्व बजारमा कच्चा तेलको