‘यात्रा’ को टिजरमा लभ र एक्सन (भिडियो) « Khabarhub

‘यात्रा’ को टिजरमा लभ र एक्सन (भिडियो)


२० माघ २०७५, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सम्राट शाक्य निर्देशित फिल्म ‘यात्रा’ को टिजर सार्वजनिक गरिएको छ । राजधानीमा बिहीवार आयोजित औपचारिक कार्यक्रममा फिल्मको टिजर सार्वजनिक गरियो । युट्युबमा समेत सार्वजनिक गरिएको यो टिजरलाई दर्शकले रुचाएको प्रतिक्रिया दिएका छन् ।

फिल्ममा सलिनमान बानियाँ, प्रेक्षा बज्राचार्य, मालिका महत, सलोन बस्नेत लगायतको मुख्य भूमिका छ । फिल्मको टिजरमा सलोनलाई नेगेटिभ भूमिकामा प्रस्तुत गरिएको छ भने सलिनमानलाई प्रेमीको भूमिकामा देखाइएको छ ।

जाह्नवी बस्नेत, विशाल कट्वाल, धिरेन शाक्य, राजाराम पौडेल लगायत कलाकारले समेत अभिनय गरेको यो फिल्म यात्राका क्रममा हुने घटनालाई लिएर निर्माण गरिएको हो ।

फिल्ममा हिमाल केसीको द्वन्द्व, प्रविण सिंहको कोरियोग्राफी त्यस्तै प्रतीक पौडेल, सुरेश न्यौपाने र शिशिर खातीको लेखन रहेको छ । फिल्मको स्किृप्ट निर्देशक शाक्यल नै लेखेको यो फिल्म नयाँ वर्षको अवसर पारेर आउँदो चैत्र २९ गतेदेखि प्रदर्शन हुँदैछ ।

प्रकाशित मिति : २० माघ २०७५, आइतबार  ५ : ३० बजे

इजरायलको निर्वाचनमा नेतान्याहुको गठबन्धन अगाडि, बहुमतबाट टाढा

एजेन्सी– इजरायलको आमनिर्वाचनमा प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको गठबन्धनले अग्रता लिए पनि संसद्मा

जातीय छुवाछुत नियन्त्रण र महिला तथा बालबालिकाको संरक्षण प्राथमिकतामा

काठमाडौं– महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री

३२ वर्षपछि हलमा फर्किँदै अक्षय-रवीनाको ‘मोहरा’, रणवीरको ‘रामायण’सँग भिडन्त

काठमाडाैँ – बलिउडमा कुनै समय तहल्का मच्चाएको अक्षय कुमार र

६ हजार शिक्षकको बढुवा उजुरीको पुनरावलोकन हुँदै

काठमाडौँ – शिक्षक सेवा आयोगले बढुवा योग्यताक्रम सूचीमा परेका करिब

एन्फाको ताला खोलियो, कार्यसमितिको बैठक शुक्रबार बस्ने तयारी

काठमाडौं– अखिल नेपाल फुटबल संघ (एन्फा)का बहुमत सदस्यहरूले लामो समयदेखि