कोरियाको रोजगारी : नेपालबाट अर्बौ रकम कोरिया पुग्यो « Khabarhub

कोरियाको रोजगारी : नेपालबाट अर्बौ रकम कोरिया पुग्यो


२० चैत्र २०७५, बुधबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपालबाट कोरियन भाषा परीक्षा (इपीएस) का नाममा वार्षीक ठुलो रकम कोरिया पुग्ने गएको छ । नेपाली युवाका लागि कोरियाको रोजगार पछिल्लो समय आकर्षण बन्दै गएको छ । कोरियन भाषा अध्ययन गरी परीक्षामा सामेल हुने युवाको संख्या पनि वार्षीक रुपमा बढिरहेको वैदेशिक रोजगार इपीएस शाखाको तंथ्याकले देखाउँछ ।

सन् २००८ देखि २०१९ सम्ममा इपीएस भाषा परीक्षामा सामेल हुन् ५ लाख ७५ हजार ३ सय ७६ जनाले आवेदन दिएको इपीएस शाखाको तंथ्याकमा उल्लेख छ । यिनै युवाबाट गएको एक दर्शकमा १ अर्ब ३ करोड ५६ लाख ७६ हजार ८ सय रुपैयाँ कोरिया पुगेको इपीएस कार्यालयले जनाएको छ ।

कोरियन भाषा परीक्षामा सामेल हुन चाहने युवाले २४ अमेरिकी डलर तिरेर आवेदन भर्नुपर्ने प्रावधान छ । सोही अनुसार भाषा परीक्षामा सहभागी हुन चाहनेले तोकिएको रकम तिरेर फारम भर्ने गर्दछन् । नेपालमा रहेको इपीएस शाखाले परीक्षाका लागि लविङ, केन्द्र छनोट, सुरक्षा व्यवस्था र नियमन गदै आएपनि परीक्षाको सम्पुर्ण जिम्मा भने कोरियाको मानव सशाधन केन्द्र (एचआरडी)ले नै गदै आएको इपीएस शाखाका सूचना अधिकृत शोभाकर भण्डारीले जानकारी दिए ।

युवाले कोरियन भाषा परीक्षामा सामेल हुन तिरेको २४ डलर शुल्कमध्ये ६ डलर मात्र नेपालमा हुने कोरियन भाषा परीक्षा सञ्चालनका लागि छुटाइने र खर्च गर्नेगरेको इपीएस शाखाका सूचना अधिकृत भण्डारी बताउँछन् ।

सन् २०१९ मा कोरिया भाषा परीक्षामा सामेल हुन ९२ हजार ३ सय २७ जना युवाले आवेदन भरेको ईपीएस शाखाले जानकारी दिएको छ । ती युवाबाट १६ करोड ६१ लाख ८८ हजार ६ सय रुपैयाँ कोरिया पुगेको छ । यसरी नै भाषा परीक्षाका नाममा प्रत्येक वर्ष करोडौं रकम कोरिया पग्ने गरेको छ ।

गत आर्थिक वर्षमा कोरियाबाट ४३ अर्ब रुपैयाँ आउनुपर्नेमा बैंकिङ प्रणालीबाट २ अर्ब रुपैयाँ मात्रै रेमिट्यान्स नेपाल भित्रिएको नेपाल राष्ट्र बैंकले जनाएको छ । चालु आर्थिक वर्षको ८ महिनामा कोरियाबाट ९० करोड भित्रिएको बैकले माघ महिनामा सावजानिक तंथ्याकमा उल्लेख छ । कोरियाबाट धेरै रेमिट्यान्स हुन्डीमार्फत आउने गरेको पाइन्छ ।

यसरी पुग्छ कोरियामा पैसा

कोरियन भाषा परीक्षा अध्ययन गरेका युवाले भाषा परीक्षामा सामेल हुन अनिवार्य २४ डलर तिरेर आवेदन फारम भर्नुपर्छ । जसमा भाषा परीक्षा सञ्चालन गर्ने कोरियाको एचआडीले ६ डलर इपीएसमा छुटाउने गरेको छ । त्यो भन्दा बाहेकको पैसा एचआरडीकै खातामा जम्मा हुन्छ ।

भाषा परीक्षाका लागि आवेदन दिएका युवाको प्रतिव्यक्ति १८ डलर दरको पैसा कोरिया पुग्ने गरेको छ । एक दर्शकमा १ अर्ब ३ करोड ५६ लाख ७६ हजार ८ सय रुपैयाँ कोरिया पुगेको छ ।

कोरियन भाषा परीक्षा गराउन कोरियाको एचआरडीबाटै टोली नेपाल आउने गरेको छ । उनीहरुकै नेतृत्वमा नेपालमा कोरियन भाषा परीक्षाको सञ्चालन हुन्छ ।

५ लाख ७५ हजार युवाको आवेदन

सरकारीस्तरमा श्रम सम्झौता गरेर सन् २००८ बाट नेपाली कामदार कोरिया सरकारले लैजान थालेको थियो । इपीएस प्रणालीबाट भाषा परीक्षा पास गरी कोरिया जान अहिलेसम्म ५ लाख ७५ हजार ३ सय ७६ जना युवाले आवेदन फारम भरेका छन् । सन् २००८ मा पहिलो वर्ष ३१ हजार ५ सय २५ जनाले कोरियन भाषा परीक्षाका लागि आवेदन दिएका थिए ।

यो संख्या सन् २०१० मा बढेर ३६ हजार २ सय ३ पुग्यो । त्यस्तै सन् २०११ मा ५० हजार ४३ जना, सन् २०१३ मा ४४ हजार १ सय २२ जनाले भाषा परीक्षाका लागि आवेदन दिएका थिए ।

इपीएस कोरिया शाखाले तयार पारेको अहिलेसम्मको संक्षिप्त प्रगति विवरण

सन् २०१४ को भाषा परीक्षाका लागि ५८ हजार ७ सय ४६ जनाले आवेदन दिएका थिए । सन् २०१५ मा भने अघिल्लो वर्षभन्दा कम आवेदन आए । त्यो वर्ष पनि ५१ हजार १ सय ३७ जनाले भाषा परीक्षाका लागि फारम भरेका थिए । त्यस्तै २०१६ मा ६० हजार ६ सय ६२ जनाले आवेदन दिए । सन् २०१७ मा ६८ हजार ३ सय ८३ जनाले आवेदन दिए । २०१८ मा ८२ हजार ३ सय ६४ जनाले आवेदन दिएका थिए ।

कोरिया भाषा परीक्षाका लागि सबैभन्दा धेरै आवेदन भर्ने युवा यो वर्ष अर्थात सन् २०१९ को भाषा परीक्षाका लागि छन् । यो वटक ९२ हजार ३ सय २७ जनाले भाषा परीक्षाका लागि आवेदन भरेका छन् ।

सन् २००९ र ०१३ मा भने कोरियन भाषा नेपालमा सञ्चालन भएको थिएन । इपीएस प्रणाली अनुसार लिइएको कोरियन भाषा परीक्षा उत्र्तीण गरेका झण्डै ५९ हजार युवा रोजगारीका लागि कोरिया पुगेको शाखाले जनाएको छ ।

कोरिया जादाँ लाग्ने खर्च

कोरिया जाने श्रमिकले विभिन्न शीर्षकमा ८ सय १५ डलर अर्थात करिव ९१ हजार रुपैयाँ खर्च तिर्नुपर्छ । इपीएस शाखाले दिएको जानकारी अनुसार लागतको पनि वर्गीकरण गरिएको छ । जसअनुसार परीक्षा शुल्क २४ डलर, स्वास्थ्य परीक्षण शुल्क ५५.६४ डलर, क्षयरोग परीक्षण बापत १० डलर, पासपोर्ट ५० डलर, भिसाका लागि ६० डलर, अभिमुखिकरण तालिमलाई ६३ डलर तोकिएको छ । यसैगरी हवाई भाडा ४ सय ११.७५ डलर, बीमा ६५ डलर, कामदार कल्याणकारी कोष २५ डलर र रोजगार अनुमति प्रणाली व्यवस्थापन शुल्क ४६.२० डलर तिर्नुपर्ने व्यवस्था गरिएको छ ।

प्रकाशित मिति : २० चैत्र २०७५, बुधबार  ८ : १७ बजे

काठमाडौँ उपत्यकामा बर्डफ्लु सङ्क्रमण यथावत

ललितपुर– बर्डफ्लु सङ्क्रमण देशका अधिकांश जिल्लामा नियन्त्रणमा आए पनि काठमाडौँ

यी भूभागमा मध्यमदेखि ठूलो वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

बुधबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर

क्वार्टरफाइनल समीकरण पूरा, कुन टिम कोसँग ?

काठमाडौँ– फिफा विश्वकप फुटबल २०२६ मा क्वार्टरफाइनल समीकरण पूरा भएको

कोलम्बियालाई पेनाल्टी सुटआउटमा ४–३ गोलले हराउँदै स्विट्जरल्यान्ड क्वार्टरफाइनलमा प्रवेश

काठमाडौँ– फिफा विश्वकप फुटबल २०२६ मा कोलम्बियालाई पेनाल्टी सुटआउटमा हराउँदै