राष्ट्रिय विकास परिषद् बैठक : १५ औं योजनाको आधारपत्रलाई अन्तिम रुप दिइँदै « Khabarhub

राष्ट्रिय विकास परिषद् बैठक : १५ औं योजनाको आधारपत्रलाई अन्तिम रुप दिइँदै


२० चैत्र २०७५, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–राष्ट्रिय योजना आयोगले तयार पारेको १५औँ योजनाको मस्यौदा–आधारपत्रलाई अन्तिम रुप दिन राष्ट्रिय विकास परिषदको बैठक शुरू भएको छ ।

होटल सोल्टीमा आयोजना गरिएको बैठकमा नेकपा अध्यक्ष प्रचण्ड, उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल, अर्थमन्त्री युवराज खतिवडा, कांग्रेस उपसभापति विजयकुमार गच्छदारलगायतको उपस्थिति रहेको छ । बैठकमा तीनै तहका सरकारी अधिकारीहरु सहभागी भएका छन् । बैठक आज र भोलि दुई दिनसम्म चल्नेछ ।

योजना आयोगले ‘समृद्ध नेपालः सुःखी नेपाली’ बनाउने मुख्य लक्ष्यका साथ १५ औं योजनाको आधार पत्रको मस्यौदा तयार पारेको हो । परिषद बैठकले आवश्यक सुझाव दिएपछि दीर्घकालीन सोचसहितको १५ औं योजनाको आधार पत्र बैशाख पहिलो हप्ता भित्र सार्वजनिक गरिने छ ।

आयोगले तयार पारेको १५ औं योजनाको आधार पत्रको मस्यौंदामा कृषि, उर्जा, खनिज र पर्यटन क्षेत्रको विकास गरेर मुलुकलाई समृद्ध बनाउने उल्लेख गरिएको छ ।

२५ वर्षे दीर्घकालीन सोचसहितको सो आधार पत्रको मस्यौदामा ५ वर्ष भित्र मुलुकमा समृद्धको सृजना गर्ने, १० वर्षभित्र समृद्धिका लागि आवश्यक काममा तीव्रता दिने कार्यक्रम पनि समावेश गरिएको जनाइएको छ ।

मस्यौदामा विसं २१०० सम्ममा मुलुकको प्रतिव्यक्ति आय १२ हजार ५०० अमेरिकी डलरमा पुर्याकउने दीर्घकालीन सोचसहितको योजना उल्लेख छ ।

हाल मुलुकको प्रतिव्यक्ति आय एक हजार चार अमेरिकी डलर छ भने कूल गार्हस्थ उत्पादन रु ३० खर्ब सात अर्ब छ । गरीबीको रेखामुनि रहेको जनसङ्ख्या २१ दशमलव ६ प्रतिशत छ । प्रदेश नं २, कर्णाली र सुदूरपश्चिम प्रदेशको मानव विकास सूचकाङ्क अन्य प्रदेशको तुलनामा कम छ ।

आधारपत्रले आर्थिक (उद्योग, वाणिज्य, आपूर्ति र पर्यटन), पूर्वाधार, कृषि तथा प्राकृतिक स्रोत व्यवस्थान, सामाजिक, पूर्वाधार, लोकतन्त्र र सुशासन तथा अन्तरसम्बन्धित गरी छ विषय वा क्षेत्रमा सोच, लक्ष्य र रणनीति तय गरेको छ ।

चालू १७ राष्ट्रिय गौरवका आयोजना सम्पन्न गरिने १५औँ योजना अवधिमा पशुपति क्षेत्र विकास कोष, राष्ट्रपति चुरे तराई–मधेश संरक्षण र रेल्वे तथा मेट्रो विकास आयोजना राष्ट्रिय गौरवका रुपमा सञ्चालन हुने उल्लेख छ ।

योजनावधिमा बूढीगण्डकी जलाशययुक्त र पश्चिम सेती जलविद्युत् आयोजनालाई राष्ट्रिय गौरवका रुपमा शुरु गर्ने लक्ष्य लिइएको छ ।

प्रकाशित मिति : २० चैत्र २०७५, बुधबार  ९ : २४ बजे

लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

चिन्नुहोस् ओस्कार २०२६ का विजेता (सूचीसहित)

लस एन्जलस – हलिउडका उत्कृष्ट र प्रभावशाली व्यक्तित्वको सहभागितामा चलचित्र

आदर्श श्रेष्ठको नियुक्ति शतप्रतिशत गलत, पद नलिन महावीर पुनको आग्रह

काठमाडौँ – पूर्वमन्त्री एवं प्रतिनिधिसभाका नवनिर्वाचित सदस्य महावीर पुनले राष्ट्रिय

‘श्रम संस्कृति मौरी हो, श्रमले मात्र देश बन्छ’

काठमाडौँ – श्रम संस्कृति पार्टीका अध्यक्ष एवं धरान उपमहानगरपालिकाका पूर्वप्रमुख

रवि लामिछानेको सङ्गठित अपराध मुद्दा फिर्ता सम्बन्धी रिटको सुनुवाइ आज हुँदै

काठमाडौँ – सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति