कांग्रेसका जिल्ला सभापतिको बैठक आज : माग पूरा नगरे विशेष महाधिवेशन बोलाउन पहल गर्ने « Khabarhub

कांग्रेसका जिल्ला सभापतिको बैठक आज : माग पूरा नगरे विशेष महाधिवेशन बोलाउन पहल गर्ने


२० चैत्र २०७५, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेतृत्वप्रति रुष्ट बनेका नेपाली कांग्रेसका जिल्ला सभापतिहरु आज (बुधबार)देखि छलफलमा जुट्दैछन् । काठमाडौंको ठमेलमा २ दिनसम्म बस्ने बैठकले नेपाली कांग्रेसको विशेष महाधिवेशन बोलाउन पहल गर्नेसम्मका निर्णय गर्ने तयारी जिल्ला सभापतिहरुको छ ।

३ महिना अघि सम्पन्न नेपाली कांग्रेसको महासमिति बैठकमा उठाइएको एजेन्डालाई केन्द्रीय समितिले बहुमतको नाममा उल्टाएको भन्दै जिल्ला सभापतिहरु छलफलमा जुटेको नेपाली कांग्रेस इलामका कांग्रेस जिल्ला सभापति हिमालय कर्मचार्यले खबरहबलाई बताए ।

‘मिनी महाधिवेशनका रुपमा रहेको महासमिति बैठकले उठाएका र सभापति शेरबहादुर देउवा र बरिष्ठ नेता रामचन्द्र पौडेलले सम्बोधन गछौं भनेर प्रतिबद्धता जनाएका कुरा केन्द्रीय समितिको बैठकले बहुमतका नाममा उल्ट्याउने निर्णय गरेको छ । यो दुःखद हो,’ कर्मचार्यले भने, ‘केन्द्रीय समितिले गरेको निर्णय पुर्नविचार नगरे हामी जिल्ला सभापतिहरुले विशेष महाधिवेशनका लागि पहल गर्नेछौं।’

उनले अहिले जिल्ला सभापति छलफलमा जुट्नुको कारण सुनाउँदै भने, ‘महासमिति बैठकमा जिल्ला सभापतिहरुको पहलमा केन्द्रीय पदाधिकारी तथा सदस्यहरु तल्लो तहको बुथबाट नै आउनुपर्छ भनेर माग राखेका थियौं । त्यस्तै समानुपातिक र समावेश कोटाका लागि पनि एक व्यक्तिले एक पटकमात्र अवसर पाउनुपर्छ भन्ने माग गरेका थियौं । केन्द्रीय समितिले उल्टाएको छ । यसबारे पुर्नविचार गर्नुपर्छ ।’

कर्मचार्यले समावेशी व्यवस्था अन्तर्गत पार्टीले दिने आरक्षणमा एउटा व्यक्तिले एक पटकमात्र अवसर पाउनुपर्ने तथा समानुपातिक व्यवस्था अन्तर्गत पनि प्रतिनिधिसभा प्रदेशसभामामा चयन हुने व्यक्तिले एक पटकमात्र अवसर पाउनुपर्ने माग आफूहरुको रहेको बताए।

‘कांग्रेसका स्थानीय तहसम्मका नेता कार्यकर्ताले उठाएको मागलाई महासमिति बैठकले सम्बोधन गरेको थियो । त्यसलाई केन्द्रीय समिति बैठकले किन हटायो ?’ कर्मचार्यले प्रश्न गर्दै भने, ‘मिनी महाधिवेशनका रुपमा रहेको महासमिति बैठकको निर्णय परिवर्तन गर्नुहुँदैन । यसमा नेतृत्व नसच्चिएमा विशेष महाधिवेशन बोलाउन पहल गछौं ।’

प्रकाशित मिति : २० चैत्र २०७५, बुधबार  १० : २३ बजे

राजपाल यादवको संकटमा सलमान–अजयसहित बलिउड कलाकारहरूको साथ

काठमाडौं– चेक बाउन्स प्रकरणमा तिहाड जेलमा रहेका अभिनेता राजपाल यादवलाई

सोलुखुम्बुका सुरक्षा प्रमुखसँग प्रधानमन्त्री कार्कीको भेट

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले सोलुखुम्बु जिल्लामा कार्यरत सुरक्षा निकायका प्रमुखहरूसँग

फागुन २१ को निर्वाचनका लागि छपाइ सामग्री आयोगमा आउन थाले

काठमाडौं– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आवश्यक

एक महिनापछि दरवाङ–म्याग्दीखोला जलविद्युत् आयोजना निर्माण सुचारु

म्याग्दी– म्याग्दीको मालिका र धवलागिरि गाउँपालिकामा निर्माणाधीन २५ मेगावाट क्षमताको

दोस्रो त्रैमासमा नेपाल टेलिकमको खुद नाफा १२.९८ प्रतिशत घट्यो

काठमाडौं- नेपाल टेलिकमले आर्थिक वर्ष २०८२/८३ को दोस्रो त्रैमाससम्मको अपरिष्कृत