मनाङ र बंगलादेशी क्लब अबहानीबीचको खेल आज, ‘होम ग्राउण्ड’ ले फाइदा पुग्ला ? « Khabarhub

मनाङ र बंगलादेशी क्लब अबहानीबीचको खेल आज, ‘होम ग्राउण्ड’ ले फाइदा पुग्ला ?


२० चैत्र २०७५, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– एएफसी कपमा आज मनाङ—मस्र्याङ्दी क्लब र पाहुना टोली बंगलादेशको अबहानी लिमिटेडबीचको खेल हुँदैछ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा घरेलु टोली मनाङलाई अबहानीले चुनौति प्रस्तुत गर्दैछ ।

बुधबार दिउँसो ३ बजे शुरु हुने खेलमा मनाङले होम ग्राउन्डमा पाहुना टोलीलाई रोक्दै आफ्ना प्रसंशकलाई सकारात्मक सन्देश दिने बताएको छ ।

मंगलबार खेल अघिको पत्रकार सम्मेलनमा बोल्दै नेपाली लिग च्याम्पियन मनाङका नवनियुक्त प्रशिक्षक छिरिङ लोप्सानले मनाङले सुधारीएको प्रदर्शन गर्ने बताए ।

अबहानीविरुद्धको नतिजा आफ्नो पक्षमा पार्ने बताएका प्रशिक्षक लोप्सानले आफ्नो टिम रक्षा पङ्ती देखि अग्रपङ्तीसम्मै बलियो रहेको बताएका थिए ।

एएफसी कपमा पहिलो खेल खेल्न नेपाल आएको बंगाली क्लब अबहानीका पोर्चुगिज प्रशिक्षक मारियो लेमोसले मनाङविरुद्ध आफ्ना्े टोली तयार रहेको बताएका छन् ।

बंगलादेश प्रिमियर लिगमा दोस्रो भएको अबहानीले घरेलु टोलीलाई रोक्दै ३ अंक जोड्ने प्रशिक्षक मोरिसले बताएका थिए ।

समूह ई मा रहेको मनाङसहित, मिनेराभ पञ्जाव, ढाका अबहानी र चेन्नाइनी रहेका छन् । मनाङले अबहामीसँगको अवे खेल जुन १९ मा खेल्नेछ ।

प्रकाशित मिति : २० चैत्र २०७५, बुधबार  १० : ४३ बजे

हुलाक ठगीको आरोपमा पाकिस्तानी नागरिक पक्राउ

एजेन्सी– अमेरिकी हुलाक सेवालाई १२ करोड ६० लाख अमेरिकी डलरभन्दा

ठमेलमा विदेशी पर्यटकले पनि लगाए बडादसैँको टीका

काठमाडौँ– नेपाल भ्रमणमा रहेका विदेशी पर्यटकले पनि नेपाली संस्कृति र

राष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

काठमाडौँ– राष्ट्रपति रामचन्द्र पौडेलले आज बिहानको शुभ साइतमा यस वर्षको

जीवनको अस्तित्वसँग जोडिए भौतिकशास्त्रका आधारभूत नियम

वासिङ्टन– ब्रह्माण्डमा जीवनको अस्तित्व सम्भव हुनुमा पानी, अक्सिजन र कार्बनजस्ता

बिक्रीमा राखिएका जमरा

काठमाडौँ– बडा दसैँ अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनका हातबाट