नेपाली महिला टोली म्यानमारसँग भिड्दै « Khabarhub

नेपाली महिला टोली म्यानमारसँग भिड्दै


२० चैत्र २०७५, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली राष्ट्रिय महिला टोलीले आज(बुधबार) ओलम्पिक छनोटको दोस्रो चरणको खेलमा म्यानमारसँग प्रतिस्पर्धा गर्दैछ । म्यानमारको घरेलु मैदानमा नेपाली टोलीले घरेलु टोली म्यानमारसँग जितको अपेक्षासहित खेल्ने बताइएको छ ।

म्यानमारसँग पहिलो चरणमा बराबरी खेलेको नेपालले त्यसपछिका दुई भेटमा नतिजा सुम्पिएको थियो । भारतमा भएको हिरो गोल्डकपमा नेपाली टोलीले म्यानमारसँगका दुवै खेल गुमाएको थियो ।

तर, पनि आजको खेलमा नेपालले कम्तीमा पनि घरेलु टोलीसँग अंक बाड्ने लक्ष्य रहेको प्रशिक्षक हरि खड्काले बताएका छन् ।

यसअघि, ओलम्पिकको पहिलो चरणको खेलमा नेपालले म्यानमारसँग १–१ गोलको बराबरीमा रोकेको थियो ।

नेपालले आफ्नो दोस्रो खेल भारतसँग चैत्र २३ गते खेल्नेछ भने प्रतियोगिताको अन्तिम खेलमा इन्डोनेसियासँग २६ गते खेल्नेछ ।

प्रकाशित मिति : २० चैत्र २०७५, बुधबार  ११ : ०१ बजे

सन्तान नजन्माएको भन्दै शिक्षकले नै श्रीमतीलाई बारम्बार यातना दिएपछि…

काठमाडौं- बिहे गरेको पाँच वर्षसम्म पनि सन्तान नभएको भन्दै परिवारले

पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको १६औँ स्मृति दिवस मनाइँदै

काठमाडौँ– पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका पूर्वसभापति गिरिजाप्रसाद कोइरालाको १६औँ स्मृति

देशका अधिकांश क्षेत्रमा मध्यम वर्षाको सम्भावना

काठमाडौँ–जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा

बालेन सरकारले दलीय ट्रेड युनियन खारेज गरे कसो गर्लान् शिक्षक-कर्मचारी ?

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को वाचापत्रअनुसार केही दिनमा बन्ने बालेन्द्र

साताको कार्टुन : भ्रष्टलाई हान्ने र भनेको मान्नेलाई छान्ने

काठमाडौं- फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा भारी बहुमत ल्याएको