गाउँपालिकाका अध्यक्षमाथि आक्रमण, चार जना पक्राउ « Khabarhub

गाउँपालिकाका अध्यक्षमाथि आक्रमण, चार जना पक्राउ


२० चैत्र २०७५, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बैतडी– बैतडीको पञ्चेश्वर गाउँपालिकाका अध्यक्ष गोरखबहादुर चन्दमाथि हातपात गरेको आरोपमा प्रहरीले गए राति चार जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पञ्चेश्वर–६ का ३२ वर्षीय वीरेन्द्र भण्डारी, सोही ठाउँका ५५ वर्षीय बलदेव भण्डारी, ३४ वर्षीय रमेशराम लुहार र ४९ वर्षीय हिक्मत भण्डारी रहेका छन् ।

उनीहरुलाई गए राति हातपात भएको ठाउँ नजिकैबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक नेत्रबहादुर कुँवरले जानकारी दिए। मङ्गलबार रोडीदेवलदेखि गाउँपालिकाको केन्द्रसम्म जोड्ने सडकका विषयमा छलफल गरेर फर्किदै गर्दा पाँच/छ जनाको समूहले आफूमाथि आक्रमण गरेको अध्यक्ष चन्दले बताए ।

सडकको विषयमा छलफल गरेर वडा नं ४ का अध्यक्षसँगै फर्किरहेको बेला मङ्गलबार अपराह्न ४ः३० बजेतिर एक्कासि अध्यक्ष चन्दमाथि हातपात भएको जनाइएको छ । सडकको विषयमा विवाद हुँदा अध्यक्ष चन्दमाथि हातपात भएको बताइएको छ । अध्यक्ष चन्दले भने सडकका विषयमा कुनै विवाद नरहेको जिकिर गरे ।

अध्यक्षसँगै रहेका वडाध्यक्ष राजबहादुर चन्दका अनुसार सडकको छलफल सकेर कुलाउँ फर्कने क्रममा बीच जङ्गलको बाटोमा अध्यक्ष चन्दमाथि हातपात भएको हो । घटनाको थप अनुसन्धान भइरहेको र घटनाका विषयमा आज दुवै पक्षबीच छलफल हुने बैतडीका प्रहरी नायब उपरीक्षक नेत्रमणि गिरीले बताए  । उनले भे, “अहिले नै के कति कारणले घटना भयो भनेर भन्न सकिने अवस्था छैन, दुवै पक्षको छलफलपछि सबै कुरा थाहा हुन्छ ।”

जनप्रतिनिधिमाथि नै आक्रमण हुन थालेपछि यहाँका जनप्रतिनिधिले असुरक्षित भएको महसुस भएको बताएका छन् ।

प्रकाशित मिति : २० चैत्र २०७५, बुधबार  ११ : ०६ बजे

विश्वविद्यालयका उपकुलपतिसँग शिक्षा तथा खेलकुद मन्त्रालयको छलफल

काठमाडौं– शिक्षा तथा खेलकुद मन्त्रालयले केही विश्वविद्यालय ऐन संशोधनसम्बन्धी विधेयक

बागमतीमा सरकार टिकाउन तीन दलबीच नयाँ समझदारी, मन्त्रालय ८ भन्दा नबढाउने

काठमाडौं- बागमती प्रदेश सरकार सञ्चालनका लागि नेपाली कम्युनिस्ट पार्टी, नेकपा

विदेश पठाउने भन्दै ठगी गर्ने पाँच जना पक्राउ

काठमाडौं– प्रहरीले वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देशहरू

‘सरकारको कार्यशैलीमा प्रश्न गर्न सत्तापक्षका सांसदलाई कुनै रोकतोक छैन’

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीकी सचेतक क्रान्तिशिखा धितालले वरिष्ठ नेता वालेन्द्र