पहिलो फिल्म ‘यात्रा’ ले मलिकालाई राहत देला ? | Khabarhub Khabarhub

पहिलो फिल्म ‘यात्रा’ ले मलिकालाई राहत देला ?


२० चैत्र २०७५, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नयाँ वर्षको मौका पारेर रिलिज हुन लागेको फिल्म ‘यात्रा’ मा केन्द्रीय भूमिका निभाएकी छिन् मलिका महतले । यो उनको डेब्यु फिल्म हो । फिल्ममा कलाकारको जम्बो टोली भए पनि फिल्ममा मुख्य अभिनेता सलिनमान बनिया र मलिका महतको बढी चर्चा छ ।

सलिनका लागि यो फिल्म दोस्रो फिल्म हो भने मलिकाका लागि भने यो पहिलो फिल्म हो । सलिनले यसअघि फिल्म ‘ए मेरो हजुर २’ बाट डेब्यु गरेका थिए ।

रिलिजअघि नयाँ कलाकारको तारिफ हुने तर फिल्म रिलिजपछि कलाकार झण्डै हराउने प्रचलन त नेपाली फिल्मका लागि नौलो भएन । यसअघि रिलिज भएका फिल्मका डेब्यु नायिकाहरु पनि सो फिल्ममा प्रचारका बेला मात्र चर्चामा रहेको दर्शकलाई याद छ ।

यस अर्थमा मलिका महतको करिअर के त्यस्तै होला त ? यो प्रश्न स्वभाविक लाग्छ । यो त उनको काम हेरेर पनि दर्शकले निर्णय गर्ने कुरा हो ।

यतिबेला भने मलिकाको चर्चामा कुनै कमी छैन । उनको सुन्दरताको पनि खुलेरै तारिफ गरिएको छ । तर फिल्म क्षेत्रमा सुन्दरताले मात्र कलाकार चल्ने होइन ।

यद्यपि ट्रेलरबाट भने मलिकालाई धेरैले नोटिस गरेका छन् । इन्स्टाग्राममा सक्रिय मलिका फिल्म क्षेत्रमा कत्तिको सक्रिय हुने हुन् । त्यसको छिनोफानो त समयले देखाउला । अहिले भने उनलाई यो फिल्मले राम्रै फाइदा पु–याउने आशा गरिएको छ ।

चैत्र २९ गतेबाट प्रदर्शनमा आउन लागेको यो फिल्मलाई सम्राट शाक्यले निर्देशन गरेका हुन् । फिल्मले सार्वजनिक गरेका गीत तथा ट्रेलरले राम्रै प्रतिक्रिया पाइरहेका छन् ।

प्रकाशित मिति : २० चैत्र २०७५, बुधबार  ११ : १३ बजे

प्रदेश सरकारले पुनः निर्माण कोषमा ४० करोड जम्मा गर्ने

विराटनगर – कोशी प्रदेश सरकारले पुनःनिर्माण कोषमा रु ४० करोड

भारतलाई हराउँदै बंगलादेश साफ च्याम्पियनसिपको सेमिफाइनलमा

काठमाडौं – बंगलादेश साफ महिला च्याम्पियनसिपको सेमिफाइनलमा पुगेको छ ।

विश्वकप छनोटका लागि नेपाली महिला क्रिकेट टोलीको घोषणा

काठमाडौं – नेपाल क्रिकेट सङ्घ (क्यान) ले आइसीसी यु–१९ महिला

सुगम नगरको दुर्गम बस्ती

कञ्चनपुर – यहाँको भीमदत्त नगरपालिका–९ खल्लाकी निर्मला खड्काको पाँच कट्ठा

गोसाइँकुण्डमा हिमपात सुरु

रसुवा – गोसाइँकुण्ड क्षेत्रमा हिमपात सुरु भएको छ । लौरीविनायकभन्दा