स्पेनमा प्रधानमन्त्रीले भने- नेपाल दक्षिण एसियामै लगानीका लागि अनुकूल वातावरण भएको देश हो « Khabarhub

स्पेनमा प्रधानमन्त्रीले भने- नेपाल दक्षिण एसियामै लगानीका लागि अनुकूल वातावरण भएको देश हो


१९ असार २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


195
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल दक्षिण एसियामै लगानीका लागि सबैभन्दा अनुकूल वातावरण भएको देशमध्ये एक भएको बताएका छन् । 

स्पेनका लागि नेपाली दूतावास र स्पेन उद्योग वाणिज्य सङ्घले आयोजना गरेको नेपाल–स्पेनका व्यवसायी र लगानीकर्तासँगको छलफलका क्रममा उनले स्पेनी व्यवसायीहरूलाई नेपालमा लगानी गर्न आह्वान समेत गरे ।

प्रधानमन्त्री ओलीले राजनीतिक स्थायित्व, खुला बजार नीतिहरू, प्रतिस्पर्धी श्रमशक्ति र लगानी सुरक्षाका विधेयकहरूले नेपाललाई अन्तर्राष्ट्रिय लगानीकर्ताहरूका लागि आकर्षक गन्तव्य बनाएको उल्लेख गरे ।

नेपालले समावेशी आर्थिक रूपान्तरणलाई प्राथमिकता दिएको र निजी क्षेत्रलाई आर्थिक वृद्धिको प्रमुख इञ्जिनका रूपमा स्वीकार गरेको प्रधानमन्त्री ओलीको भनाई थियो । 

उनले कानुनी, संस्थागत र प्रक्रियागत सुधारहरूलाई थप प्रभावकारी बनाउँदै लगानी मैत्री वातावरण निर्माण गर्न सरकार प्रतिबद्ध रहेको स्पष्ट पारे । कार्यक्रममा स्पेनका लागि नेपालका राजदूत सनिल नेपालले प्रधानमन्त्री सहितको नेपाली प्रतिनिधि मण्डललाई स्वागत गर्दै यो भ्रमणले नेपाल र स्पेनबीचका धेरै ढोका खोलेको उल्लेख गरे । प्रधानमन्त्री ओली शुक्रबार स्वदेश फर्कने कार्यक्रम छ । 

प्रकाशित मिति : १९ असार २०८२, बिहीबार  ११ : ४७ बजे

एसीसी प्रिमियर कप: सेमिफाइनलमा ओमानसँग भिड्दै नेपाल, कस्तो छ ‘हेड टु हेड रेकर्ड’ ?

काठमाडौँ – मलेसियामा जारी एसीसी पुरुष प्रिमियर कप क्रिकेट प्रतियोगिताको

राष्ट्रिय सभामा प्रधानमन्त्री वालेन्द्रले मानव अधिकार आयोगको प्रतिवेदन पेश गर्ने

काठमाडौँ – सङ्घीय संसद्का दुवै सदनको बैठक बिहीबार बस्दैछ ।

भोटेकोशी बाढीमा ललितपुरका १५७ जना बेपत्ता : दुई जनाको मृत्यु

ललितपुर – रसुवाको भोटेकोशीमा यही भदौ १० गते गएको बाढीमा

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौँ – २०८३ साल भदौ २५ गते बिहीबार सन् २०२६