किन लाग्छ झाडापखाला ? लक्षण, उपचार र बच्ने तरिका « Khabarhub

किन लाग्छ झाडापखाला ? लक्षण, उपचार र बच्ने तरिका


२० चैत्र २०७५, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

२४ घण्टामा ३ पटक वा सो भन्दा बढी पानी जस्तो पालतो दिसा लाग्नु झाडापखालाको लक्षण हो । झाडापखाला लाग्दा शरीरमा पानी, नुन, खनिज पदार्थ तथा पोषक तत्वहरु खेर जान्छ ।

झाडापखला सूक्ष्म जीवाणुको कारण लाग्ने गर्छ । यो रोग कुपोषित, फोहोर खाना पानी र फोहोर वातावरणमा रहने तथा व्यक्तिगत सरसफाइमा ध्यान नदिने मानिसलाई बढी लाग्छ । यो रोगको जीवाणु पानी, खाना र हातको माध्यमबाट शरीरमा प्रवेश गर्छ र मानिसलाई झाडापखला हुन्छ । झाडापखालाका कीटाणुहरु गर्मी मौसममा बढी सक्रिय हुने भएकाले यो रोग गर्मी मौसममा बढी लाग्छ ।

झाडापखालाका लक्षण यी हुन्

–दिनमा ३ पटक भन्दा बढी दिसा लाग्नु ।

–बान्ता हुनु ।

–शरीरमा पानीको मात्रा कम हुँदै जानु ।

–आँखा गड्ने ।

–पिसाब थोरै हुने ।

–बिरामी शिथिल हुँदै जाने ।

–बच्चाले दूध चुस्न नसक्ने ।

–रुँदा आँसु नआउने ।

–पेट दुख्ने ।

यस्ता लक्षण देखिनु झडापखालाको लक्षण हो । झाडापखाला भएका बिरामीले समयमा उपचार नपाएमा बिरामीको मृत्यु समेत हुनसक्छ । त्यसैले झाडापखाला लागेमा उपचार गर्नुपर्छ । झाडापखालाको उपचार घरमै पनि गर्न सकिन्छ ।

झाडापखाला लागेमा यस्तो गर्नुस्

–पुनर्जलीय झोल बनाएर खाने ।

–उमोलेको पानी, भातको माड, दालको रस, गेडागुडी वा तरकारीको रस प्रशस्त मात्रामा खाने ।

–स्तनपान गराइरहेको शिशूलाई झाडापखाला भएमा धेरै पटक स्तनपान गराउने ।

–पाँच वर्ष मुनिका बालबालिकालाई स्वास्थ्यकर्मीको सल्लाहमा पुनर्जलीय झोलसँगै जिङ्क चक्की खुवाउने ।

–पुनर्जलीय झोल खादा पनि झाडापखाला निको नभएमा स्वास्थ्यसंस्थामा लैजानुपर्छ ।

रोगलागेपछि उपचार गर्नुभन्दा रोग लाग्नै नदिनु उत्तम मानिन्छ । स्वास्थ्य र सरसफाइमा ध्यान दिएमा झाडापखाला लाग्नबाट बच्न सकिन्छ ।

झाडापखाला लाग्नबाट कसरी बच्ने ?

–साबुन पानीले मिचिमिचि हात धुने बानी बसाल्ने ।

–राम्ररी पाकेको खानेकुरा खाने ।

–ताजा खानेकुरा मात्र खाने ।

–खानेकुरालाई झिँगा, धुलोबाट सुरक्षित राख्ने ।

–काँचै खाने तरकारी तथा फलफूल राम्रोसँग पखालेर खाने ।

–पानी शुद्धिकरण गरेर मात्रै पिउने ।

–शौचालयमा मात्रै दिसापिसाब गर्ने ।

–फोहारमैलालाई उचि तरिकाले विसर्जन गर्ने ।

प्रकाशित मिति : २० चैत्र २०७५, बुधबार  १२ : ३६ बजे

इनिशा हत्या प्रकरण : निष्पक्ष छानबिनको माग, माइतीघरमा प्रदर्शन गर्दै दलित मोर्चा

काठमाडौँ – इनिशा विकको बलात्कारपछि हत्या भएको घटनाको विरोधमा ‘नेपाल

फागुनमा पाथीभरामा ३१ लाखभन्दा बढी भेटी सङ्कलन

ताप्लेजुङ – पाथीभरामा फागुन महिनामा ३१ लाखभन्दा बढी भेटी सङकलन

बैंकको ब्याजदर घट्योः एनएमबी र एनआईसी एसियासहित ५ बैंकको ब्याज सबैभन्दा धेरै

काठमाडौँ – वाणिज्य बैंकले चैत महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक

बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

सर्लाही– लालबन्दी नगरपालिका–१ बागबानीस्थित पूर्वपश्चिम लोकमार्गमा बसको ठक्करबाट मोटरसाइकल चालकको

साभुङ–देउराली–केलादीघाट मार्गको ठेक्का सम्झौता अन्त्य

तनहुँ– तनहुँको घिरिङ गाउँपालिकाभित्र पर्ने साभुङ–देउराली–केलादीघाट (कृष्ण मोटर मार्ग) खण्डको