१० वटा क्रसर उद्योग बन्द गर्ने निर्णय « Khabarhub

१० वटा क्रसर उद्योग बन्द गर्ने निर्णय


२० चैत्र २०७५, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

गौशाला–  महोत्तरी जिल्लामा अवैध रुपमा सञ्चालित १० वटा क्रसर उद्योगलाई जिल्ला समन्वय समितिले बन्द गर्ने निर्णय गरेको छ ।

जिल्ला समन्वय समितिले मापदण्ड पूरा नगरी जिल्लाको चुरे क्षेत्र र रातु नदीलाई प्रभावित गर्ने उद्देश्यले अवैधरुपमा सञ्चालित महोत्तरी गोल्ड क्रसर इ प्रालि बर्दिवास, नमोबुद्ध बालुवा गिट्टी प्रशोधन भङ्गहा, जय भोलेबाबा वासिङसेन्टर बर्दिवास, मनोकामना रोडा बालुवा एग्रिगेसन बर्दिवास, सिद्धार्थ क्रसर उद्योग गौशाला, जय माँ राजदेवी गिट्टी बालुवा वासिङ सेन्टर गौशाला, जय माँ जल्पा बालुवा गिट्टी वासिङ सेन्टर गौशाला, बी एण्ड बी क्रसर उद्योग बर्दिवास, रमण क्रसर उद्योग बर्दिवास र दीपेन्द्र ठाकुरको नाम नखुलेको वासिङ सेन्टर गरी १० वटा क्रसर उद्योगलाई बन्द गर्ने निर्णय गरेको हो ।

जिल्ला समन्वय समिति संयोजक सुरेशप्रसाद सिंहको अध्यक्षतामा बसेको बैठकले ती उद्योगले जिल्ला अनुगमन तथा समन्वय समितिले माग गरेको क्रसर उद्योग सञ्चालनसम्बन्धी विवरण उपलब्ध नगराएकोमा ती उद्योग अवैधरुपमा सञ्चालनमा रहेको ठहर गर्दै बन्द गर्ने निर्णय गरेको छ ।

बैठकले ती उद्योग जिल्लाको चुरे क्षेत्र र रातु खोलाबाट नदीजन्य तथा ढुङ्गा, गिट्टी, बालुवा, खानीजन्य पदार्थको उत्खनन, सङ्कलन, बिक्री र स्टोकका लागि इजाजत, दर्ता र मापदण्ड पूरा नगरेको अनुगमनमा समेत फेला परेपछि ती उद्योग बन्द गर्ने निर्णय गरेको संयोजक सिंहले बताए ।  साथै ती १० वटै क्रसर उद्योगलाई सुरक्षा निकायमार्फत् बन्द गराइदिन हुन महोत्तरीका प्रमुख जिल्ला अधिकारीलाई पत्राचार गरेको छ ।

प्रकाशित मिति : २० चैत्र २०७५, बुधबार  १२ : २८ बजे

रातो मच्छिन्द्रनाथलाई बुङ्गमती फर्काइयो (तस्बिरहरू)

काठमाडाैं – जावलाखेलमा भव्य रूपमा भोटो जात्रा सम्पन्न भएलगत्तै वर्षा

दयाहाङ र मिरुनाको नयाँ चलचित्र ‘रातो घेरा’ घोषणा

काठमाडौं – पछिल्लो समय चर्चा कमाएको चलचित्र ‘जारी’ मार्फत दर्शकको

रास्वपा महाधिवेशन : लोगोमा पार्टी सभापति र वरिष्ठ नेताको फोटो

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो महाधिवेशनको लोगोमा पार्टी

युद्धविराम उल्लंघनको आरोप लगाउँदै इरानले फेरि बन्द गर्‍यो होर्मुज स्ट्रेट

तेहरान – इरानले विश्वकै महत्वपूर्ण तेल ढुवानी मार्गमध्ये एक मानिने

रास्वपामा उम्मेदवारी शुल्क : सभापतिलाई ५१ हजार, केन्द्रीय सदस्यलाई ४१ हजार

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्नो ऐतिहासिक प्रथम राष्ट्रिय