गोदानको आकस्मिक बैठक : सबै सरकारी डाक्टरलाई ट्रमा सेन्टर बोलाइयो « Khabarhub

गोदानको आकस्मिक बैठक : सबै सरकारी डाक्टरलाई ट्रमा सेन्टर बोलाइयो


२० चैत्र २०७५, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारी चिकित्सक संघ (गोदान)ले सरकारी चिकित्सकहरुको आकस्मिक बैठक बोलाएको छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मंगलबार स्वास्थ्य सेवाका कर्मचारीको समायोजनको सूची सार्वजनिक गरेपनि त्यसमा आफूहरुको माग सम्बोधन नभएको भन्दै गोदानले आकस्मिक बैठक बोलाएको हो । गोदानले सबै सरकारी चिकित्सकहरुलाई आज (बुधबार) दिउँसो साढे तीनबजे राष्ट्रिय ट्रमा सेन्टरमा भेला हुन आब्हान गरेको छ ।

सरकारले स्ववास्थ्य सेवाका ७,८,९ र १० औं तहको कर्मचारीको समायोजनको सूची सार्वजनिक गरेको थियो । सरकारी चिकित्सकलाई संघ मातहतमा राखेर समायोजन गर्नुपर्ने माग गर्दै आएको गोदानले  माग पुरा नभए सामुहिक राजीनामा दिने चेतावनी पनि दिएको थियो ।

गोदानले सरकारसँग भएको सम्झौता र चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) को उपकुलपति तथा पदाधिकारी नियुक्तीको विषयमा बैठकमा छलफल गर्ने जनाएको छ ।

प्रकाशित मिति : २० चैत्र २०७५, बुधबार  १२ : ५५ बजे

आईसीसीको मान्यताको पर्खाइमा क्यान र एनपीएल टोली

काठमाडौँ– नेपाल क्रिकेट सङ्घ (क्यान) अहिले तेस्रो संस्करणको नेपाल प्रिमियर

भाडा बढी लिए कारबाही हुन्छ : महासङ्घ

काठमाडौँ– नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले चाडपर्वको समयमा तोकिएकोभन्दा बढी

आज विश्व दृष्टि दिवस मनाइँदै

काठमाडौँ- ‘आँखालाई माया गरौँ, दृष्टिको रक्षा गरौँ’ भन्ने नाराका साथ

आईपीयू महासभामा नेपालको आपत्कालीन प्रस्ताव दुईतिहाइ बहुमतले चयन

तान्जानिया– तान्जानियाको अरुसामा जारी अन्तर–संसदीय संघ (आईपीयू) को १५३औँ महासभामा

बेनी–जोमसोम–कोरला सडक : कुनौटामा मार्ग छिचोलियो

म्याग्दी– पछिल्लो मनसुनजन्य विपद्पछि बाढी पहिरोका कारण अवरुद्ध बनेको चीन