त्रिभुवन विश्वविद्यालयले अब २४ घण्टा मै ट्रान्सक्रिप्ट दिने, तीन महीनामा रिजल्ट  « Khabarhub

त्रिभुवन विश्वविद्यालयले अब २४ घण्टा मै ट्रान्सक्रिप्ट दिने, तीन महीनामा रिजल्ट 


२० चैत्र २०७५, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–  त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले अबदेखि स्नातक तहका सबै सङ्कायका लब्धाङ्क पत्र (ट्रान्सक्रिष्ट) २४ घष्टामा नै उपलब्ध गराउने भएको छ । शुरुमा शिक्षाशास्त्र सङ्कायको ट्रान्सक्रिष्ट उपलब्ध गराउँदै आएको त्रिविले अवदेखि स्नातक तहका सबै सङ्कायका ट्रान्सक्रिष्ट २४ घण्टामा उपलब्ध गराउने भएको हो ।

त्रिविका परीक्षा नियन्त्रण कार्यालयका परीक्षा नियन्त्रक पुष्पराज जोशीले आउने नयाँ वर्षदेखि स्नातक तहका सबै सङ्कायका ट्रान्सक्रिप्ट विद्यार्थीले निवेदन दिएको २४ घण्टाभित्र उपलब्ध गराइने जानकारी गराए । त्रिविले ‘टीयु एक्जामिनेशन इन्फरमेशन म्यानेजमेन्ट सिस्टम’ नामक सफ्टवेयरमार्फत निवेदन दिएको २४ घष्टाभित्र विद्यार्थीलाई ट्रान्सक्रिप्ट उपलब्ध गराउने भएको हो ।

ट्रान्सक्रिप्टका लागि सवै विद्यार्थीका तथ्याङ्कलाई ‘डाटा सेन्टर स्टोर’मा सार्ने काम अन्तिम चरणमा पुगेको छ । परीक्षा नियन्त्रक जोशीका अनुसार कानून र विज्ञान सङ्कायका विद्यार्थीको तथ्याङ्क सार्ने काम अन्तिम चरणमा पुगेको छ । त्रिविले विद्यार्थीको २०५४ सालदेखिको तथ्याङक सार्न थालेको हो । त्यसअघि त्रिविले हस्तलिखित ट्रान्सक्रिप्ट उपलब्ध गराउँदै आएको थियो । त्रिविले शिक्षाशास्त्र सङ्कायको ट्रान्सक्रिप्ट दिन थालेको एक वर्षपछि अन्य सबै सङ्कायको ट्रान्सक्रिप्ट दिन थालेको हो ।

विसं २०७५ जेठ १२ गते शिक्षाशास्त्र सङ्कायको ट्रान्सक्रिप्ट पहिलो पटक २४ घण्टाभित्र दिन थालेको थियो । ‘‘हामीले एक वर्ष अगाडि नै शिक्षाशास्त्र सङ्कायको ट्रान्सक्रिप्ट दिन थालेको थियौं, तर प्राविधिक कारणले अरु सङ्कायको दिन ढिलाई भयो’’ उनले भने ‘‘अब प्राविधिक समस्या हटाएर सबै सङ्कायको ट्रान्सक्रिप्ट दिन्छौ ।’’

त्रिविले मानविकि सङ्कायको (बिए) यसैहप्ताबाट ट्रान्सक्रिप्ट दिन थालेको हो भने व्यवस्थापन र विज्ञान सङ्कायको ट्रान्सक्रिप्ट चाँडै नै दिने तयारी थालिएको परीक्षा नियन्त्रक जोशीले जानकारी गराए । त्रिविले सबै सङ्कायको ट्रान्सक्रिप्टका लागि एकद्धार प्रणालीमार्फत विवरण गर्ने छ । अहिले सङ्कायपिच्छे फरक फरक ठाउँबाट ट्रान्सक्रिप्ट दिने गरेको त्रिविले ‘ट्रान्सक्रिप्ट युनिट’ खडा गरेर एकद्वार प्रणालीबाट सवै सङ्कायका ट्रान्सक्रिप्ट दिइने उनले बताए । त्रिविले स्नातकपछि स्नातकोत्तर तहको ट्रान्सक्रिप्ट दिने भएको छ ।

परीक्षाफल तीन महीनामा

यसैगरी त्रिविले परीक्षाफल तीन महिनाभित्र प्रकाशित गर्ने तयारी गरेको छ । यसअघि परीक्षा दिएको नौ महीनासम्म परीक्षाफल प्रकाशित गर्ने गरेको त्रिविले अब तीन महिनमा परीक्षाफल प्रकाशित गर्ने छ । “अहिले परीक्षा दिएको पाँच महीनामा परीक्षाफल प्रकाशित गर्ने गरेका छौ’’ उनले भने, ‘‘अब हामीले परीक्षाफल तीन महीनामा प्रकाशित गर्ने गरी काम गरिरहेका छौ ।’’

जनशक्ति कम

परीक्षा नियन्त्रक जोशीले कार्यालयमा कम जनशक्ति भएका कारणले काममा सहजता नभएको बताए । उनले पहिलेकै जनशक्तिले काम गर्नुपरेकाले काममा ढिलाइ भएको बताए । “क्याम्पसको संख्या बढेर अहिले करिव एक हजार २२४ रहेका छन्, ती क्याम्पसको सबै परीक्षाको कामदेखि ट्रान्सक्रिप्ट दिने काम हामीले गर्नुपर्दछ”, उनले भने, “तर हामीले पुरानै जनशक्तिकै भरमा काम गरिरहेका छौ, जसले गर्दा काम छिटो हुन सकेको छैन ।”

प्रादेशिक कार्यालय स्थापना गरिने

यसैगरी परीक्षा नियन्त्रण कार्यालय प्रादेशिक तहमा जाने भएको छ । अहिले विराटनगर, पोखरा, नेपालगंञ्ज र अत्तरियामा क्षेत्रीय कार्यालयमार्फत काम गरिरहेको कार्यालय अव प्रादेशिक तहमा सातवटै प्रदेशमा कार्यालय स्थापना गरिने परीक्षा नियन्त्रक जोशीले बताए ।

प्रकाशित मिति : २० चैत्र २०७५, बुधबार  २ : १४ बजे

सर्वसाधारणको टेम्पो भीरमा खसालिएको घटनाको सामाजिक सञ्जालमा विरोध

कैलाली – डिभिजन वन कार्यालय धनगढीका कर्मचारीले वन क्षेत्रमा व्यवसाय

हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु

झापा– झापाको मेचीनगरमा हात्तीको आक्रमणमा परी एक जना महिलाको मृत्यु

एमालेले स्थानीय र प्रदेशसभा निर्वाचनसम्म मिसन जागरण चलाउने, नेताहरूलाई तोकियो जिम्मेवारी 

काठमाडौँ– नेकपा एमालेले केन्द्रीय सदस्यहरूलाई पार्टीको गुमेको साख फर्काउँदै आगामी

परराष्ट्रमन्त्री खनाल आज चीन भ्रमणमा जाँदै

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनाल चार दिने भ्रमणका लागि आज चीन

कांग्रेस विवाद: गगन र विश्वप्रकाशको ७ बुँदे आन्तरिक प्रस्ताव सार्वजनिक

काठमाडौँ – नेपाली कांग्रेसभित्रको आन्तरिक विवादलाई समाधान गर्दै आगामी १५