एमालेले स्थानीय र प्रदेशसभा निर्वाचनसम्म मिसन जागरण चलाउने, नेताहरूलाई तोकियो जिम्मेवारी  « Khabarhub

एमालेले स्थानीय र प्रदेशसभा निर्वाचनसम्म मिसन जागरण चलाउने, नेताहरूलाई तोकियो जिम्मेवारी 


३१ जेठ २०८३, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एमालेले केन्द्रीय सदस्यहरूलाई पार्टीको गुमेको साख फर्काउँदै आगामी स्थानीय र प्रदेश तहको निर्वाचनमा सफलता हासिल गराउने जिम्मेवारीसहित मिसन जागरण अभियानको विस्तृत व्याख्या सहितको कार्ययोजना पठाएको छ ।

पार्टीका सबै केन्द्रीय सदस्यहरूको जिम्मेवारीसहित पठाइएको मिसन जागरणको अवधारणामा गत निर्वाचनको समीक्षा, पार्टीले हार बेहोर्नुका कारण, कार्यकर्ता र जनता पार्टीप्रति निराश हुनुको कारणलगायत विषय विस्तृत रुपमा केलाइएको छ ।

मुख्य गरी २०७४ सालको निर्वाचनमा वाम गठबन्धनका कारण उत्साहित भएका जनता माओवादीसँगको पार्टी एकता टिकाउन नसक्दा र पछि एमाले फुट्दा निराश भएर पलायन भएको पार्टीले पठाएको दस्तावेजमा उल्लेख गरिएको छ ।

‘२०७४ सालको आम निर्वाचन र नेकपाको गठनबाट उत्साहित बनेको जनमत नेकपाको विघटन र एमालेको विभाजनबाट समेत निराश हुँदै क्रमश वैकल्पिक शक्तितर्फ आकर्षित भएको हो’, पार्टीले तयार गरेको मिसन जागरण अभियानको अवधारणामा भनिएको छ,  ‘आकस्मिक रु अस्वभाविक रुपमा आम निर्वाचनबाट नेपालको राजनीतिमा मुख्य शक्तिका रुपमा स्थापित रास्वपा नेपालको अस्थिर राजनीति र भूराजनीतिक चलखेलको परिणाम हो ।’

पार्टी र पार्टी नेतृत्वको सरकारले गरेका राम्रा कामहरू जनस्तरसम्म प्रचार गर्न नसक्दा त्यसको असर आम जनतासम्म पुगेको एमालेको ठम्याई छ । जसका कारण भदौ २३ र २४ गतेका विध्वंसकारी घटना भएको र मुलुकलाई नियोजित प्रतिगमनतर्फ धकेलिएको दस्तावेजमा उल्लेख गरिएको छ ।

पार्टीका प्रचार तथा प्रकाशन विभागका प्रमुख निरज आचार्यका अनुसार मिसन जागरण अभियानको जिम्मेवारी लिने नेताहरूले वर्तमान राजनीतिको पृष्ठभूमि, निर्वाचनको पराजयका कारण र पार्टीको भावी नीतिका बारेमा स्पष्ट होउन भन्ने उद्देश्यले विस्तृत र सरल भाषामा अवधारणा पत्र तयार गरिएको बताए । उनका अनुसार पार्टीका नेताहरू विगत देखिको राजनीतिक उतार चढाव, निर्वाचन पछिको पार्टीको राजनीतिको मूल्याङ्कन र भावी कार्यदिशा बारे स्पष्ट भएर उनीहरूले मातहतमा सही सन्देश प्रवाह गर्न सकुन् भन्ने पार्टी केन्द्रले सोचेको बताए ।

‘पार्टी केन्द्रले पठाएको दस्तावेज सबै कमरेडहरूले विस्तृत अध्ययन गर्नुहुनेछ । पार्टी कमजोर हुनुका कारण, देशी विदेशीको चलखेल, निर्वाचनमा एमाले विरुद्ध अल्गोरिदमको प्रयोग जस्ता विषयहरू विस्तृत रुपमा व्याख्या गरिएको छ’, आचार्यले भने  ‘एमालेले अब गर्नुपर्ने डिजिटल वार, त्यसको प्रयोग र जनतासँगको सम्बन्ध सुधार तथा कमिटी प्रणाली सञ्चालनका विधि समेत उल्लेख गरेर मिसन जागरणको डकुमेन्ट पठाएका छौँ ।’

जनतासँगको सम्बन्ध सुधारका लागि एमालेले ‘६ ज’को नीति अघि सारेको  छ । जस अनुसार ‘जनतामा जाऔँ, जनताका कुरा सुनौँ, जनप्रिय बनौँ, जनसंगठन परिचालन गरौँ, जबजलाई आत्मसात  गरौँ र जनमत सर्वेक्षणका आधारमा समेत प्रत्येक तहमा प्रतिष्पर्धामा सफलता हासिल गर्न सक्ने योग्य र सक्षम नेतृत्व तयार गरौँ’, एमालेको दस्तावेजमा उल्लेख गरिएको छ ।

एमालेले डिजिटल संगठन र  प्रभावकारी प्रचारलाई प्राथमिकतमा राखेको छ । पार्टीले सामाजिक सञ्जालको व्यापक प्रयोग गर्न कार्यकर्तालाई निर्देशन जारी गरेको छ । उसले ‘अल्गोरिदम’ र ‘पर्सेप्सन म्यानेजमेन्ट’मा विशेष ध्यान दिन पनि कार्यकर्तालाई भनेको छ । ३१ पेजको सो अवधारणा पत्रमा पार्टीका नेताहरुको जिम्मेवारी तोकिएको छ ।

प्रमुख आचार्यका अनुसार सबै केन्द्रीय सदस्यहलाई पालिकाको जिम्मेवारी दिइएको छ । केन्द्रीय सदस्यले नपुगेका ठाउँमा पार्टीका अन्य नेताहरूलाई समेत जिम्मेवारी दिइएको छ । जिम्मेवारी पाएका नेताहरू स्थलगत रुपमा खटेका छन् कि छैनन् भनेर अनुगमनको पनि व्यवस्था गरिएको छ । केन्द्रबाट खटिने नेताहरूलाई होटलमा भन्दा जनताको घरमै बस्न आग्रह गरिएको आचार्यले बताए । आचार्यका अनुसार यो अभियान र जिम्मेवारी आगामी स्थानीय तह र प्रदेशको निर्वाचनसम्म कायम रहने छ ।

प्रकाशित मिति : ३१ जेठ २०८३, आइतबार  ७ : ४८ बजे

विश्वकपमा स्कटल्यान्डको विजयी सुरुवात, हाइटी १-० ले पराजित

बोस्टन – जोन म्याकगिनले गरेको निर्णायक गोलको मद्दतले स्कटल्यान्डले २८

कांग्रेसले आजदेखि ‘सुवर्ण शमशेर इकोनोमिक’ श्रृङ्खला चलाउने

काठमाडौँ– नेपाली कांग्रेसले आजदेखि आर्थिक बहस सञ्चालन गर्ने भएको छ

सेल्टरमा विमलाको आँसु: ‘नागरिकता पानीले बिग्रियो, कागज नपुग्दा कोठा भाडा पाइनँ’

काठमाडौँ – तीन छोरा आमा ६५ वर्षीय विमला महर्जनलाई रातभर

२१ केजी गाँजासहित एक जना पक्राउ

सिरहा– सुखीपुर नगरपालिका—८ स्थित सुखीपुर बजारबाट २१ किलोग्राम गाँजासहित एक

परराष्ट्रमन्त्री शिशिर खनाल चीन प्रस्थान

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनाल चिनियाँ विदेशमन्त्री वाङ यीको निमन्त्रणामा