चुनाव लडेर पुन: सभापति बन्छु : देउवा « Khabarhub

 चुनाव लडेर पुन: सभापति बन्छु : देउवा


२० चैत्र २०७५, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दाङ – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफू फेरि पनि चुनाव लडेर पार्टीको सभापति बन्ने बताएका छन् ।

नेपाली कांग्रेस दाङ क्षेत्र नम्बर १ ले लमहीमा आयोजना गरेको क्षेत्रीय सभालाई सम्बोधन गर्दै सभापति देउवाले पार्टीको विधान अनुसार लडेर नेतृत्वमा आउनसक्ने स्पष्ट व्यवस्था भएको हुँदा आफू पुनः चुनाव लडेर सभापति बन्ने आशय बक्त गरेका हुन् ।

उनले भने ‘कांग्रेस सबैको पार्टी हो । महिला, थारु, मधेसी, दलितलाई आरक्षणको व्यवस्था छ’, उनले भने, ‘चुनावको नाममा तलैबाटै जरा उखेल्न खोज्नु असहिष्णुता हो ।’

सभापति देउवाले सरकारले जनताको भावना समेट्न नसकेको भन्दो आलोचना गरे । उनले भने ‘ओली सरकार बनेको एक वर्ष भन्दा बढि भयो । तर, जनताको काम एउटा पनि गर्न सकेन’, उनले भने, ‘सबै गलत काम गरिरहेको छ ।’

बुधबार नै सभापति देउवाले लमहीमा निर्माण हुन लागेको विपी स्मृति भवनको शिलान्यास गरेका थिए ।

प्रकाशित मिति : २० चैत्र २०७५, बुधबार  ४ : ११ बजे

कांग्रेसका ३ हजार १९१ वडामा अधिवेशन सम्पन्न

काठमाडौं – नेपाली कांग्रेस देउवा पक्षको १५औँ महाधिवेशनअन्तर्गत बिहीबारसम्म देशभरका

सीमा अपराध नियन्त्रणमा कडाइका साथ लाग्न महानिरीक्षक पौडेलको निर्देशन

काठमाडौं– सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले सीमा क्षेत्रमा हुने अवैध

वन व्यवस्थापनबाट तनहुँमा तीन हजार ३३४ क्युफिट काठ उत्पादन

दमौली– तनहुँमा सामुदायिक वनको वैज्ञानिक तथा व्यवस्थित वन व्यवस्थापनमार्फत तीन

हिम्लुङ हिमपहिरोमा थप आठ जनाको शव भेटियो

मनाङ– मनाङको नार्पाभूमि गाउँपालिका–५ स्थित हिम्लुङ हिमालमा गएको हिमपहिरोमा हराइरहेकामध्ये