कम्पास रिक्रुटमेन्ट म्यानपावरकी म्यानेजर थापा पक्राउ | Khabarhub Khabarhub

कम्पास रिक्रुटमेन्ट म्यानपावरकी म्यानेजर थापा पक्राउ


२० चैत्र २०७५, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कम्पास रिक्रुटमेन्ट म्यानपावर कम्पनीकी म्यानेजर बिमला थापालाई प्रहरीले पक्राउ गरेको छ । विमानस्थलमा सेटिङ मिलाएरा दुई जनालाई दुबई पठाउन लागेको अवस्थामा उनलाई प्रहरीले पक्राउ गरेको हो ।

गोप्य सूचना पाएपछि थापामाथि निगरानी बढाएको महाशाखाले  प्रतिव्यक्ति २ लाख ४० हजार रुपैयाँ लिएर दुबई पठाउने तयारी गरेको अवस्थामा उनलाई पक्राउ गरेको हो ।

बेरोजगार युवाहरुलाई भिजिट भिसामा दुबई पठाउने र उता वर्किङ भिसा मिलाइदिने प्रलोभन देखाएर उक्त म्यानपावरले ठगी गर्ने गरेको उजुरी समेत परेको प्रहरीले जनाएको छ ।

कम्पास रिक्रुटमेन्ट म्यानपावर कम्पनीका सञ्चालक गिरिराज घिमिरे भने फरार छन् । फरार घिमिरेको खोजी भइरहेको प्रहरीले जनाएको छ । कम्पास रिक्रुटमेन्ट म्यानपावर कम्पनीले लामो समयदेखि विमानस्थल सेटिङ गरी भिजिट भिसामा युवाहरुलाई खाडी पठाउने गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

पछिल्लो समय विमानस्थल सेटिङमा केही म्यानपावर कम्पनी सक्रिय रहेको विमानस्थल स्रोतले जानकारी दिएको छ । स्रोतका अनुसार केही समयअघिसम्म ट्राभल एजेन्सीले नै भिजिट भिसामा कामदार पठाउँदै आएका थिए ।

प्रकाशित मिति : २० चैत्र २०७५, बुधबार  ४ : २८ बजे

टाइब्रेकरमा चुक्यो नेपाल, उज्बेकिस्तान एसियन कपमा छनोट

काठमाडौं – नेपाली राष्ट्रिय महिला फुटबल टोली एएफसी महिला एसियन

कर्णाली राजमार्ग अवरुद्ध हुन नदिन ठाउँठाउँ डोजर तैनाथ

कालीकोट – कर्णाली राजमार्गलाई वर्षायाममा बाढी र पहिरोका कारण अवरुद्ध

उज्बेकिस्तानसँग पहिलो हाफमा नेपाल ३–१ पछाडि

काठमाडौं – एएफसी महिला एसियन कप २०२६ छनोटअन्तर्गत समूह ‘एफ’को

उज्बेकिस्तानले थप्यो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

उज्बेकिस्तानविरुद्ध नेपालले फर्कायो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’