शेयर बजारमा सामान्य वृद्धि | Khabarhub Khabarhub

शेयर बजारमा सामान्य वृद्धि


२० चैत्र २०७५, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– मङ्गलबार दोहोरो अंकको वृद्धि भएको शेयर बजार बुधबार भने सामान्य अंकले मात्र वृद्धि भएको छ ।

नेपाल स्टक एक्सचेन्जका अनुसार कारोबार मापक नेप्से परिसूचक २.०१ बिन्दुले बढेर एक हजार १६५.८४ बिन्दुमा पुगेको छ । यस्तै ठूला कम्पनीको शेयर कारोवारमापन गर्ने सेन्सेटिभ परिसूचक ०.५७ बिन्दुले बढेर २४८.७२ बिन्दुमा पुगेको छ ।

धितोपत्र बजारमा आज कूल १७० कम्पनीका २० लाख २९ हजार १५ कित्ता शेयर रु ५४ करोड ५८ लाख १८ हजार ६१९ मा खरीदबिक्री भए । कारोबार भएका दश उपमूहमध्ये आज दुई उपसमूहको शेयर उकालो लागेको छ भने आठ उपसमूहको शेयर ओरालो लागेको छ ।

बैंकिङ ४.५३ र विकास बैंक ६.११ बिन्दुले बढ्दा होटल १५.८१, जलविद्युत् ३.९६, वित्त २.०३, निर्जीवन बीमा ६.६१, उत्पादन ५.१२, अन्य ०.९२, लघुवित्त २.३९ र जीवन बीमा ३.८३ बिन्दुले घटेको छ ।

स्टकका अनुसार नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका शेयधनीले ४.६४ प्रतिशतले कमाएका छन् । यस्तै कन्काई विकास बैंकका शेयरधनीले ४.१३, लक्ष्मी इक्युटी फण्डका शेयरधनीले ३.८८, स्वदेशी लघुवित्त वित्तीय संस्था लिमिटेडका शेयर धनीले २.८३ र साङ्ग्रिला विकास बैंकका शेयरधनीले २.८० प्रतिशतले कमाएका छन् ।

त्यस्तै युनिभर्सल पावर कम्पनीका शेयरधनीले ९.८४, सिन्धु विकास बैंकका शेयरधनीले ४.९२, घलेम्दी हाइड्रो लिमिटेटका शेयरधनीले ४.६३, हिमालय पावर पार्टनर लिमिटेडका शेयरधनीले ३.६८ र भागर्व विकास बैंकका शेयरधनीले ३.६८ प्रतिशतले गुमाएका छन् ।

प्रकाशित मिति : २० चैत्र २०७५, बुधबार  ४ : ३४ बजे

पशुपालक किसानलाई नगद अनुदान

गोरखा– उत्तरी गोरखाको धार्चे गाउँपालिकाले मासु उत्पादन गर्ने किसानलाई नगद

बाख्रापालनमा जमेका चन्द दम्पती

टीकापुर– गाउँघरमा पछिल्लो समय वैदेशिक रोजगारीका लागि जाने क्रम बढेका

पाल्पा रामपुरका ३८९ योजना सम्पन्न

पाल्पा– पाल्पाको रामपुर नगरपालिकाले यस आर्थिक वर्षमा ३८९ वटा योजना

कालीगण्डकीको पानी बेनीको सुन्दरचौरमा

म्याग्दी– म्याग्दीको बेनी नगरपालिका– १ लामगरास्थित कालीगण्डकी नदी किनारबाट ‘लिफ्ट’

प्रधानमन्त्री ओलीबाट खेलाडीलाई बधाई

काठमाडौं– प्रधानमन्त्री केपी शर्माले साफ यु–२० महिला कपमा भुटानमाथि नेपालले