काठमाडौंमा दक्षिण एशीयाली लेखा व्यवसायी सम्मेलन हुँदै « Khabarhub

काठमाडौंमा दक्षिण एशीयाली लेखा व्यवसायी सम्मेलन हुँदै


२० चैत्र २०७५, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौंमा दक्षिण एशीयाली लेखा व्यवसायी महासंघको सम्मेलन हुने भएको छ ।

नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था(आईक्यान)ले बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गरी दक्षिण एशीयाली लेखा व्यवसायी महासंघको सम्मेलन आयोजना गर्न लागिएको जानकारी गराएको हो ।

बिहीबारबाट सुरु हुने ३ दिने सम्मेलनमा आर्थिक विकासका लागि आवश्यक लेखा प्रणालीका विषयमा छलफल हुने आईक्यानका अध्यक्ष जगन्नाथ उपाध्यायले जानकारी दिए । मुलुकलाई समृद्ध बनाउने अभियानमा साथ दिने उद्देश्यका साथ सो सम्मेलन नेपालमा आयोजना गर्न लागिएको पनि आईक्यानले जनाएको छ ।

अर्थमन्त्री डा. युवराज खतिवडाले उद्घाटन गर्ने सम्मेलनको पहिलो दिन आर्थिक विकासका लागि आवश्यक वातावरणको विषयमा छलफल हुनेछ । त्यसै गरी दोस्रो दिन शुक्रबार महासंघका स्थायी समिति र शनिबार महासंघको बोर्ड बैठक बसी सम्मेलन समापन हुनेछ ।

अध्यक्ष उपाध्यायले अन्तराष्ट्रिय लेखा प्रणालीका नयाँ–नयाँ प्रविधिबारे जानकारी लिन पनि सम्मेलन तथा बैठकहरु उपयोगी हुने पनि बताए ।

प्रकाशित मिति : २० चैत्र २०७५, बुधबार  ९ : ३० बजे

यू–१९ एसिया कप र विश्वकपका लागि नेपालको प्रारम्भिक टोली घोषणा

काठमाडौँ : आसन्न एसिया कप र आउँदो वर्ष आयोजना हुने आइसिसी

विदेश पठाउने भन्दै ठगी गर्ने पाँच जना पक्राउ

काठमाडौँ । प्रहरीले वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न

युक्रेनमा नेटो सेनाको उपस्थिति अस्वीकार्यः क्रेमलिन

काठमाडौँ । युक्रेनमा उत्तर एटलान्टिक सन्धिसङ्गठन (नेटो) सदस्य राष्ट्रका सैनिक

काठमाडौंका विद्यालयदेखि हिमाली गुम्बासम्म इनलाइटको सहयोग

काठमाडौं– नेपालका विभिन्न विद्यालय, स्वास्थ्य केन्द्र, बौद्ध गुम्बा तथा हिमाली

लुम्बिनी सरकारले गर्‍यो प्रदेशसभा अधिवेशन अन्त्य

काठमाडौँ । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू आठौँ