त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग पुनर्निर्माण थालियो « Khabarhub

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग पुनर्निर्माण थालियो


२० चैत्र २०७५, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गको पुनर्निर्माणको काम शुरु गरिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उडड्यन राज्यमन्त्री धनबहादुर बुढाले बुधबार एक कार्यक्रमका बीच त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग र ट्याक्सी मार्गको पुनर्निर्माण कार्यको शुभारम्भ गरेका हुन् ।

विमान उडानमा समेत समस्या देखिएपछि वर्षा लाग्नु अघि नै सम्पन्न हुनेगरी सो विमानस्थलको धावन मार्ग पुनर्निर्माणको काम सुरु गरिएको इन्जिनियर बाबुराम पौडेलले जानकारी दिए । ‘चाईना नेशनल एरो टेक्नोलोजी इन्टरनेशनल इन्जिनियरिङ कर्पोरेशन’ले १८ महिना भित्र सम्पन्न हुने गरी सो निर्माण कार्यको जिम्मेवारी लिएको हो । विमानको उडान र अवतरणमै समस्या आएपछि त्यसको धावनमार्ग र ट्याक्सी मार्ग पुनर्निर्माणको काम संचालन गर्नु परेको पनि इन्जिनियर पौडेलले बताए ।

धावनमार्ग पुनर्निर्माणको काम भने राति गरिनेछ । राति १० बजेदेखि बिहान ८ बजेसम्मका सम्पूर्ण उडान बन्द गरी सो धावनमार्ग पुनर्निर्माण काम सुरु गरिएको पनि विमानस्थलले जनाएको छ । कार्यक्रममा बोल्दै राज्यमन्त्री बुढाले नेपालको हवाई सेवालाई अझै सुरक्षित र व्यवस्थित बनाउन पनि सो विमानस्थलको धावन मार्ग र ट्याक्सी मार्ग स्तरोन्नतिको कामलाई सुरु गरिएको बताए ।

उनले सन् २०२० मा आयोजना हुने ‘नेपाल भ्रमण वर्ष’लाई सफल बनाउन पनि सरकारले सो विमानस्थलको धावन मार्ग पुनर्निर्माणको कामलाई प्राथमिकता दिएको पनि स्पष्ट पारे । संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयका सचिव मोहनकृष्ण सापकोटाले सो विमानस्थलको धावन मार्ग तथा टयाक्सी मार्ग पुनर्निर्माणका लागि आवश्यक सबै खालको सहयोग निर्माण कार्यको जिम्मेवारी पाएको ‘चाईना नेशनल एरो टेक्नोलोजी इन्टरनेशनल इन्जिनियरिङ कर्पोरेशन’लाई उपलब्ध गराउने प्रतिवद्धता व्यक्त गरे ।

३ हजार मिटर लम्बाई तथा ४५ मिटर चौडाई रहेको सो विमानस्थलको धावन मार्ग सन् १९७५ सालमा स्थापना भएयता पहिलो पटक पुनर्निर्माण गर्न सुरु गरिएको हो । ३ अरव ७५ करोड लागतमा पुनर्निर्माण सुरु गरिएको सो विमानस्थलको धावन मार्गको निर्माण कार्य असार अघि नै सम्पन्न गर्ने दावी गरिएको छ ।

प्रकाशित मिति : २० चैत्र २०७५, बुधबार  ४ : ४७ बजे

एउटै वडाबाट एक करोडभन्दा बढीको सुन्तला बिक्री

तनहुँ- तनहुँको व्यास नगरपालिका–१४ स्थित केशवटारबाट यस वर्ष १ करोडभन्दा

पर्सामा कारबाट बरामद भयो एक क्वीन्टल बढी गाँजा, दुई जना पक्राउ

पर्सा– जिल्ला प्रहरी कार्यालय पर्साले १०४ केजीभन्दा बढी गाँजा बरामद

बेलायतमा ७ बालिका र १ महिलामाथि बलात्कार गरेको कसुरमा नेपालका ढकाललाई २५ वर्ष जेल सजाय

काठमाडौँ– बेलायतमा ७ बालिका र १ महिलामाथि बलात्कार तथा यौन

मार्तडी आगलागीबाट २ करोड क्षतिको अनुमान

बाजुरा- बाजुराको सदरमुकाम मार्तडीमा एक डिपार्टमेन्ट पसलमा आगलागी हुँदा २

मनास्लु घुम्न आउने पर्यटकबाट चुमनुब्री गाउँपालिकाले गर्‍यो ८० लाख आम्दानी

गोरखा- उत्तरी गोरखाको चुमनुब्री गाउँपालिकाले मनासलु संरक्षण क्षेत्र (एमक्याप) आउने