सत्तारुढ पार्टीको उजुरीपछि इस्तानबुलमा पुनः मतगणना | Khabarhub Khabarhub

सत्तारुढ पार्टीको उजुरीपछि इस्तानबुलमा पुनः मतगणना


२० चैत्र २०७५, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

टर्की– टर्कीको निर्वाचन बोर्डले त्यहाँको सबैभन्दा ठूलो शहर इस्तानबुलमा भएको स्थानीय निर्वाचनको मतगणना फेरि गर्ने भएको छ । टर्किस निर्वाचन बोर्डले इस्तानबुल शहरका ३९ मध्ये ८ जिल्लामा दोहोर्‍याएर मतगणना गर्ने पक्षमा निर्णय गरेको जनाएको हो ।

गत आइतबार भएको स्थानीय निर्वाचनमा इस्तानबुल शहरमा सत्तारुढ जस्टिस एण्ड डेभलपमेण्ट पार्टी एकेपीका तर्फबाट मेयर पदका उम्मेद्वार पूर्व प्रधानमन्त्री बिन्याली यिल्द्रिमलाई पराजित गर्दै विपक्षी रिपब्लिकन पिपुल्स पार्टी सीएचपीका उम्मेद्वार एक्रिम इमामोग्लु विजयी भएपछि एकेपीले त्यहाँ दोहोर्‍याएर मतगणना गर्न माग गरेको थियो । सोही अनुसार त्यहाँका केही जिल्लामा दोहोर्‍याएर मतगणना गर्ने पक्षमा निर्णय गरिएको बताइएको छ ।

यसअघि एकेपीले इस्तानबुल शहरका सबै जिल्लामा दोहोर्‍याएर मतगणना हुनुपर्ने भन्दै उजुरी दिएको थियो । पछिल्लो स्थानीय निर्वाचनमा राष्ट्रपति रेजेप तैयप एर्दोगानको एकेपीले राजधानी अंकारा, सबैभन्दा ठूलो शहर इस्तानबुल र तेश्रो ठूलो शहर इज्मिरजस्ता ठूला शहरमा हार व्यहोरेपछि एकेपीको आगामी भविष्यबारे गम्भीर प्रश्न उब्जिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

प्रकाशित मिति : २० चैत्र २०७५, बुधबार  ५ : ०६ बजे

पोखरामा एसिया कप ट्रायथोलन हुँदै

कास्की । देशको पर्यटकीय राजधानी सहर पोखरामा यही वैशाख १५

रूस र युक्रेनबीच विस्थापित बालबालिकाको आदानप्रदान गर्ने सहमति

दोहा – रूस र युक्रेनले कतारको मध्यस्थतामा युक्रेन युद्धबाट विस्थापित

बक्सिङ टोली उज्वेकिस्तान प्रस्थान

काठमाडौं । एएसबिसी यु–२२ एसियाली बक्सिङ च्याम्पियनसिपमा सहभागी हुन तीन

अन्तरिक्ष यात्रामा जाँदै सुनिता विलियम्स

काठमाडौं । भारतीय मूलकी अमेरिकी अन्तरिक्ष यात्री सुनिता विलियम्स तेस्रो

पूर्व सभामुख अग्नि सापकोटाविरुद्धको मुद्दा हेर्दाहेर्दैमा

काठमाडौं । पूर्वसभामुख अग्नि सापकोटाविरुद्धको मुद्दामा हेर्दाहेर्दैमा राखिएको छ ।