मुलुकका विभिन्न स्थानबाट लागुऔषधसहित २२ जना पक्राउ « Khabarhub

मुलुकका विभिन्न स्थानबाट लागुऔषधसहित २२ जना पक्राउ


१९ बैशाख २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – प्रहरीले मुलुकका विभिन्न स्थानबाट लागुऔषधसहित २२ जनालाई पक्राउ गरेको छ । विभिन्न जिल्लामा खटिएको प्रहरी टोलीले झापा, कैलाली, उदयपुर, बर्दिया, कञ्चनपुर, धनुषा, सिन्धुलीलगायत जिल्लाबाट लागुऔषधसहित २२ जनालाई पक्राउ गरेको हो ।

झापाको बुद्धशान्ति गाउँपालिका–३ बुधबारे बजारबाट एक, अर्जुनधारा नगरपालिका–५ कैलाशघाटबाट एक, बिर्तामोड नगरपालिका–४ पुरानो भद्रपुर रोडबाट चार, मेचीनगर नगरपालिका–६ पुरानो मेचीपुलबाट एक र मेचीनगर–६ गैरीगाउँबाट एक जना पक्राउ परेका नेपाल प्रहरी प्रधान कार्यालयको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ ।

प्रहरीका अनुसार कैलालीको टीकापुर नगरपालिका–९ खक्रौलाबाट दुई, धनगढी उपमहानगरपालिका–१ शिवनगर टिकटक पुलबाट पाँच जना र उदयपुरको त्रियुगा नगरपालिका(६ बाट दुई जना पक्राउ परेका छन् ।

त्यस्तै, बर्दियाको बाँसगढी नगरपालिका–५ बाट एक, कञ्चनपुरको बेलौरी नगरपालिका–७ पौलाहाबाट एक, धनुषाको धनुषाधाम नगरपालिका – ९ धारापानीबाट दुई र सन्धुली, कमलामाई नगरपालिका–९ भिमानबाट एक जना पक्राउ परेका प्रहरी प्रधान कार्यालयको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

स्रोत नखुलेको रकमसहित एक जना पक्राउ

प्रहरीले विराटनगर महानगरपालिका–४ स्थित विराटनगर विमानस्थलबाट स्रोत नखुलेको नगद रु ११ लाखसहित एक जनालाई पक्राउ गरेको छ । विमानस्थल सुरक्षा गार्ड विराटनगरबाट खटिएको प्रहरीटोलीले चेकजाँचका क्रममा स्रोत नखुलेको नगद रु ११ लाखसहित सुनसरी धरान उपमहानगरपालिका–१८ का ३५ वर्षीय दिलीप तामाङ पक्राउ गरेको हो ।

विमानस्थल सुरक्षामा खटिएको प्रहरी टोलीले बुद्ध एयरको उडानमार्फत काठमाडौँ जान लागेका निजलाई जाँच गर्ने क्रममा झोलाबाट उक्त नगद फेला पारी पक्राउ गरेको प्रहरी प्रधान कार्यालयको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : १९ बैशाख २०८३, शनिबार  ९ : ३० बजे

७ करोड लगानीमा ‘टप दरबार रोधी क्लब’ सञ्चालनमा, भदौ ५–७ सम्म भव्य उद्धाटन

काठमाडौं । काठमाडौंको जमलस्थित विश्वज्योति मलको चौथो तलामा करिब ७

नेपालको आर्थिक रूपान्तरणमा निजी क्षेत्र र संयुक्त राष्ट्रसंघबीच सहकार्यमा जोड

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठ र

मोदी खोलाले बगायो तातोपानी कुण्ड

कास्की । अन्नपूर्ण गाउँपालिका–११ झिनुस्थित मोदीखोला किनारमा रहेको तातोपानी कुण्ड

चिकित्सकहरूमाथि श्रम शोषण रोक्न सरकारले नियमित अनुगमन गर्ने

काठमाडौं । प्रधानमन्त्रीको सचिवालयले प्रशिक्षार्थी तथा आवासीय चिकित्सकहरूमाथि श्रम शोषण

कांग्रेसले सार्वजनिक गर्‍यो महाधिवेशन तालिका

काठमाडौं । नेपाली कांग्रेसले १५ औँ महाधिवेशनको तालिका सार्वजनिक गरेको