के ट्रम्पलाई आफ्नै बाबुको जन्मस्थान पनि थाहा छैन ? « Khabarhub

के ट्रम्पलाई आफ्नै बाबुको जन्मस्थान पनि थाहा छैन ?


२० चैत्र २०७५, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अमेरिका– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका बाबु फ्रेड ट्रम्प कहाँ जन्मेका होलान् ? गुगलमा सर्च गर्दा देखिन्छ, अमेरिकाको न्यूयोर्क शहर । गुगलका अनुसार फ्रेड ट्रम्पको जन्म सन् १९०५ अक्टोबर ११ मा अमेरिकाको न्यूयोर्क राज्यमा पर्ने न्यूयोर्क शहरस्थित द ब्रन्जमा भएको हो ।

तर, राष्ट्रपति ट्रम्पलाई भने आफ्नै बाबुको जन्मस्थानबारे थाहा नपाएजस्तो देखिएको छ । खासमा कुरा हो, ह्वाइट हाउसमा ट्रम्पको सञ्चारकर्मीहरुसँगको कुराकानीको । कुराकानीका क्रममा राष्ट्रपति ट्रम्पले आफ्ना बाबु जर्मनीमा जन्मेको कुरा गरेका छन् ।

उनले सञ्चारकर्मीहरुलाई जर्मनीप्रति आफ्नो सम्मान रहेको बताएका थिए । उनले थपे, ‘मेरा बाबु जर्मन हुन्, हो ? – जर्मन थिए । उनी जर्मनीको सुन्दर स्थानमा जन्मेका थिए त्यसैले जर्मनीप्रति मेरो उच्च सम्मान छ ।’

यद्यपि उनले आफ्ना बाबुको जन्मस्थानबारे थाहा नपाएको सङ्केत यसअघि पनि देखिएको थियो । अघिल्लो वर्ष सीएनबीसी टेलिभिजनलाई पनि उनले आफ्बा बाबुको जन्म जर्मनीमै भएको बताएका थिए ।

गत वर्षको जुलाईमा उनले सीएनबीसीलाई भनेका थिए, ‘मेरा आमाबाबु दुबै युरोपेली युनियनका मुलुकमा जन्मेका हुन् । मतलब, मेरी आमाको जन्म स्कटल्याण्डमा भएको थियो भने बाबुको जन्म जर्मनीमा भएको थियो ।

अमेरिका प्रवेश गर्नुअघि राष्ट्रपति डोनाल्ड ट्रम्पका हजुरबुबाको जन्म भने जर्मनीमा भएको थियो । राष्ट्रपति ट्रम्पका बाबुको जन्म भने न्यूयोर्क शहरको ब्रन्जमा भएको थियो ।

यसअघि अमेरिकाको स्मोकिङ गन नामक वेबसाइटले राष्ट्रपति ट्रम्पका बाबुको जन्मदर्ताको प्रमाणपत्र सार्वजनिक गर्दै उनको जन्म १९०५ अक्टोबर ११ का दिन ५३९ इष्ट, १७७ स्ट्रिट ब्रन्ज, न्यूयोर्क शहरमा भएको उल्लेख थियो ।

प्रकाशित मिति : २० चैत्र २०७५, बुधबार  ५ : ४१ बजे

बेथिति हटाउन र भ्रष्टाचार निर्मूल गर्न सरकार प्रतिबद्ध : प्रधानमन्त्री शाह

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहले मुलुकलाई सुशासनतर्फ लिन बेथिति हटाउने र

प्रधानमन्त्रीको भनाइमा विपक्षीको आपत्ति, नेपालले भारतीय भूमि मिचेको प्रमाण देखाउन माग

काठमाडौं– विपक्षी दलका सांसदहरूले आकस्मिकरुपमा प्रतिनिधिसभामा प्रधानमन्त्रीले सांसदहरूको प्रश्नको जवाफ

प्रधानमन्त्री बालेनले पहिलो पटक संसद्‍मा उभिएर के के भने ?

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले प्रतिनिधिसभा बैठकमा पहिलो पटक

विदेशमा रहेका नेपालीको मताधिकार प्रयोगबारे अध्ययन गरिनेछ : प्रधानमन्त्री

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहले विदेशमा रहेका नेपालीको मताधिकार प्रयोगबारे आगामी

विपन्न वर्गलाई निःशुल्क शिक्षा र स्वास्थ्य सेवा दिइनेछ : प्रधानमन्त्री शाह

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहले विपन्न वर्गलाई निःशुल्क शिक्षा र स्वास्थ्य