विवादित व्यवसायी सुधिर बस्नेत पुनः पक्राउ « Khabarhub

विवादित व्यवसायी सुधिर बस्नेत पुनः पक्राउ


२० चैत्र २०७५, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


काठमाडौं– सहकारी बचतकर्ताको करोडौं रकम ठगीको अभियोगमा कैद भुक्तान गरी छुटेका विवादित व्यवसायी सुधिर बस्नेत पुनः पक्राउ परेका छन् ।

महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले बस्नेतलाई बुधवार पुनः पक्राउ परेको हो ।

बस्नेतलाई काठमाडौंको भीमसेनगोलाबाट पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) बसन्त कुमार लामाले पुष्टि गरे ।

बस्नेतविरुद्ध ठगीकै आरोपमा अर्को उजुरी परेपछि पक्राउ गरिएको एसएसपी लामाले जानकारी दिए ।

‘अहिले नयाँ उजुरी परेपछि उनी (बस्नेत)लाई पक्राउ गरिएको हो,’ लामाले खबरहबसँग भने, ‘अहिले थप अनुसन्धान भइरहेको छ ।’

यसअघि घरजग्गा व्यवसाय र सहकारीमार्फत १० अर्ब बराबर ठगी गरेको अभियोगमा बस्नेत जेल चलान भएका थिए । काठमाडौं, भक्तपुर र स्याङ्जा जिल्ला अदालतको आदेशानुसार जेल गएका बस्नेत अदालतले तोकेको धरौटी बुझाएर गत जेठमा जेलमुक्त भएका थिए ।

बस्नेतविरुद्ध ठगी मुद्दामा काठमाडौं जिल्ला अदालतले १६ चैत २०७२ मा २ बर्ष कैद र ५ करोड ९१ लाख ९७ हजार रुपैयाँ जरिवानाको फैसला गरेको थियो । काठमाडौं जिल्ला अदालतले नै अर्को ठगीको मुद्दामा ३० असार २०७३ मा ४ लाख ९४ हजार जरिवाना र ६ महिना कैदको फैसला सुनाएको थियो ।

बस्नेतविरुद्ध भक्तपुर जिल्ला अदालतले पनि ठगी मुद्धामा ७ मंसिर २०७२ मा २ बर्ष कैद र ८४ हजार ६ सय ४८ रुपैयाँ जरिवाना तोकेको थियो ।

उनीमाथि ओरियन्टल सहकारी मार्फत सर्वसाधरणको अर्बौं निक्षेप अपचलन, बैंकहरुको ऋण कारोबारमा जोडिएका करिब ८ हजार जनालाई ठगी गरेको आरोप छ । आयुषा डेभलपर्स, ओरियन्टल विल्डर्स र कोहिनुर हाउजिङमार्फत पनि उनले सर्वसाधरणलाई ठगी गरेको आरोप छ ।

प्रकाशित मिति : २० चैत्र २०७५, बुधबार  ७ : ३४ बजे

राष्ट्रियसभा : बाढीपहिरो पीडितलाई विशेष राहत प्याकेज घोषणा गर्न माग

काठमाडौं– सांसदहरुले देशका विभिन्न जिल्लामा बाढीपहिरोबाट भएको जनधनको क्षतिप्रति सरकारको

नेपाल–पोर्चुगल सम्बन्धमा संसदको नयाँ पहल, बन्यो मैत्री समूह

काठमाडौं – नेपाल–पोर्चुगलबीचको सम्बन्धलाई संसदीय तहबाट थप मजबुत बनाउन संघीय

एक महिनामा ८८ हजार विदेशी पर्यटक भित्रिए

काठमाडौं– सन् २०२६ को सेप्टेम्बर महिनामा ८८ हजार २४८ विदेशी

भैरहवामा दुई करोड ५१ लाख मूल्यका दुई किलोभन्दा बढी सुनका गरगहना बरामद

रूपन्देही– सिद्धार्थनगर नगरपालिका–१ शान्तिगेटस्थित जाँचकक्षबाट सशस्त्र प्रहरीले दुई करोड ५१

पोखराको फिर्के खोला किनारमा फेरि चल्यो डोजर, ५६ संरचना भत्काइँदै (तस्बिरहरू)

 पोखरा– फिर्के खोलामा बनेका संरचना भत्काउन पोखरा महानगरपालिकाले यसअघि थालेको अभियानलाई