हरेक दिन ब्रह्म मुहूर्तमा नै ओछ्यान छाडे के लाभ मिल्छ ? « Khabarhub

हरेक दिन ब्रह्म मुहूर्तमा नै ओछ्यान छाडे के लाभ मिल्छ ?


२० बैशाख २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

तपाईं आफ्नो स्वास्थ्य राम्रो होस् र देवी–देवताको कृपा पाऊँ भन्ने लाग्छ भने हरेक दिन ब्रह्म मुहूर्तमा ओछ्यान छाड्नुहोस् ।

ब्रह्मको अर्थ परम तत्व अर्थात परमात्मा र मुहूर्तको शुभ समय हुन्छ । रातको अन्तिम प्रहर बिहान चार देखि साढे पाँच बजेको समयलाई ब्रह्म मुहूर्त मानिन्छ । यो समयमा उठ्नाले तपाईंले थुप्रै लाभ प्राप्त गर्न सक्नु हुनेछ ।

शास्त्रमा भनिएको छ –

वर्ण कीर्ति मन्ति लक्ष्मी स्वास्थ्यमायुश्च विदन्ति ।
ब्राह्मो मुहूर्ते संजाग्रच्छि वा पंकज यथा ।।

यो श्लोकअनुसार ब्रह्म मुहूर्तमा उठ्नाले व्यक्तिको सुन्दरता, धनलक्ष्मी, ज्ञान, स्वास्थ्य तथा लामो आयु प्राप्त हुनेछ । हरेक दिन बिहानै उठ्ने मानिसको शरीर कमलको जस्तै सुन्दर हुँदै जानेछ ।

बिहान चारदेखि साढे पाँच बजेसम्मको वायुमण्डलमा अक्सिजनको मात्रा धेरै हुन्छ । कयौँ शोधहरुले यो समयमा अक्सिजनको मात्रा बढी हुने देखाएको छ । सूर्योदयपछि भने वायुमण्डलमा अक्सिजनको मात्रा कम हुँदै जान्छ भने कार्बन डाइअक्साइडको मात्रा बढ्दै जानेछ । अक्सिजन मानव जीवनको आधार हो भने शास्त्रमा यसलाई प्राणवायु भनिएको छ ।

अक्सिजनको मात्रा पर्याप्त हुँदा हाम्रो शरीर स्वास्थ हुन्छ । त्यसैले ब्रह्म मुहूर्तमा उठ्नु स्वास्थ्यका लागि लाभदायक हुन्छ ।

ब्रह्म मुहूर्तमा उठ्ने व्यक्ति सफल र समृद्ध हुन्छ । किन कि चाँडो उठ्दा दिनभरको काम र योजना निर्माणका लागि पनि धेरै समय मिल्छ । यसैले सफलता मिल्दै जानेछ भने शारीरिक तथा मानसिक रुपमा त्यस्ता व्यक्ति स्वस्थ रहनेछन् ।

प्रकाशित मिति : २० बैशाख २०७६, शुक्रबार  ६ : ५० बजे

वित्तीय समावेशीकरण र पहुँच विस्तारका लागि राष्ट्र बैंकले गर्‍यो फिनटेक रणनीति सार्वजनिक

काठमाडौँ – नेपालमा डिजिटल वित्तीय सेवाको दायरा फराकिलो बनाउँदै वित्तीय

विपत् व्यवस्थापनमा भोटेकोशी बाढीले पढाएको पाठ

भनिन्छ– प्राकृतिक विपत्ति कहिल्यै निम्तो दिएर आउँदैन। बाढी, पहिरो, चट्याङ,

आर्सनलका युवा प्रतिभा डोउम्यानको दुई गोलमा आर्सनलको जित

काठमाडौँ – १६ वर्षीय युवा खेलाडी म्याक्स डोउम्यानको दुई गोलमद्दतमा

अनुदानले व्यावसायिक पशुपालनमा वृद्धि

कास्की– कास्कीको माछापुच्छ्रे गाउँपालिका–३ घाचोकबाट मात्र दैनिक तीन हजार लिटर

टोटनह्यामलाई हराउँदै लिभरपुल चौथो चरणमा

काठमाडौँ – एलेक्सिस म्याक एलिस्टर, कोडी ग्याक्पो र डोमिनिक सोबोस्लाइको