अब एक्स्ट्रिममा पाँच नयाँ स्वादको मज्जा, उपभोक्तालाई थप विकल्प « Khabarhub

अब एक्स्ट्रिममा पाँच नयाँ स्वादको मज्जा, उपभोक्तालाई थप विकल्प


९ मंसिर २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– एक्स्ट्रिममले इनर्जी ड्रिंकको स्वादमा नयाँ उत्साह र रोजाइका विकल्पहरु थप गरेको छ । अब एक्स्ट्रिम इनर्जी ड्रिंकका पारखीहरुले एउटै ब्रान्डमा एक्स्ट्रिम इनर्जीका साथै थप पाँच फरक स्वादको मज्जा लिन पाउने भएका हुन् । कम्पनीले उपभोक्ताको रुचि र स्वादलाई ध्यानमा राख्दै पाँच नयाँ फ्लेभर बजारमा ल्याएको जनाएको छ ।

कम्पनीका अनुसार ग्रिन एप्पलको स्वाद मन पराउनेका लागि ‘ग्रिन म्यानियाक’, मस्कट अंगुरको स्वाद रुचाउनेका लागि ‘श्रेक अट्याक’ र ग्रेपफ्रुट तथा पाइनएप्पलको मिश्रित स्वाद खोज्नेका लागि ‘ट्रपिकल पञ्च’ ल्याइएको छ ।

त्यस्तै, रास्पबेरी स्वादका पारखीका लागि ‘रास्प एन्ड फ्युरियस’ र अर्को नयाँ विकल्पका रूपमा ‘एक्स्ट्रिम्ली लाइट’ पनि बजारमा आएको छ ।

फरक स्वाद, आकर्षक नाम र विविध रोजाइको संयोजनले नयाँ उत्पादनलाई उपभोक्तामाझ थप रुचिकर बनाउने कम्पनीको विश्वास छ ।

कम्पनीका अनुसार उपभोक्ताको स्वादलाई अझ रोमाञ्चक बनाउने उद्देश्यले नयाँ फ्लेभर ल्याइएको हो । पाँच फरक फरक स्वादका ड्रिङ्कहरुको बिक्री वितरणसमेत सुरु भइसकेको छ । 

प्रकाशित मिति : ९ मंसिर २०८३, बुधबार  १२ : १८ बजे

अब एक्स्ट्रिममा पाँच नयाँ स्वादको मज्जा, उपभोक्तालाई थप विकल्प

काठमाडौं– एक्स्ट्रिममले इनर्जी ड्रिंकको स्वादमा नयाँ उत्साह र रोजाइका विकल्पहरु

युट्युब पत्रकारितालाई नियमन र दायरामा ल्याउनुपर्ने विषय सकारात्मक : सञ्चारमन्त्री

काठमाडौं– सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले सञ्चार तथा पत्रकारिता

व्यावसायिक खेतीबाट आत्मनिर्भर बन्दै कञ्चनपुरका किसान

कञ्चनपुर– अन्नबालीखेतीको तुलनामा सागसब्जीबाट बढी आम्दानी हुन थालेपछि यहाँका किसान व्यावसायिक

लैङ्गिक हिंसाविरुद्ध एकजुट भएर आवाज उठाउन मन्त्री बादीको आह्वान

काठमाडौं– महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री

विशिष्टीकृत जलन उपचारका लागि नबिल बैंक र धुलिखेल अस्पतालद्वारा ‘नबिल बर्न केयर वार्ड’ उद्घाटन

काठमाडौँ-  नबिल बैंक लिमिटेड र धुलिखेल अस्पतालले मंगलबार धुलिखेल अस्पताल परिसरमा