हरेक दिन ब्रह्म मुहूर्तमा नै ओछ्यान छाडे के लाभ मिल्छ ? « Khabarhub

हरेक दिन ब्रह्म मुहूर्तमा नै ओछ्यान छाडे के लाभ मिल्छ ?


२० बैशाख २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

तपाईं आफ्नो स्वास्थ्य राम्रो होस् र देवी–देवताको कृपा पाऊँ भन्ने लाग्छ भने हरेक दिन ब्रह्म मुहूर्तमा ओछ्यान छाड्नुहोस् ।

ब्रह्मको अर्थ परम तत्व अर्थात परमात्मा र मुहूर्तको शुभ समय हुन्छ । रातको अन्तिम प्रहर बिहान चार देखि साढे पाँच बजेको समयलाई ब्रह्म मुहूर्त मानिन्छ । यो समयमा उठ्नाले तपाईंले थुप्रै लाभ प्राप्त गर्न सक्नु हुनेछ ।

शास्त्रमा भनिएको छ –

वर्ण कीर्ति मन्ति लक्ष्मी स्वास्थ्यमायुश्च विदन्ति ।
ब्राह्मो मुहूर्ते संजाग्रच्छि वा पंकज यथा ।।

यो श्लोकअनुसार ब्रह्म मुहूर्तमा उठ्नाले व्यक्तिको सुन्दरता, धनलक्ष्मी, ज्ञान, स्वास्थ्य तथा लामो आयु प्राप्त हुनेछ । हरेक दिन बिहानै उठ्ने मानिसको शरीर कमलको जस्तै सुन्दर हुँदै जानेछ ।

बिहान चारदेखि साढे पाँच बजेसम्मको वायुमण्डलमा अक्सिजनको मात्रा धेरै हुन्छ । कयौँ शोधहरुले यो समयमा अक्सिजनको मात्रा बढी हुने देखाएको छ । सूर्योदयपछि भने वायुमण्डलमा अक्सिजनको मात्रा कम हुँदै जान्छ भने कार्बन डाइअक्साइडको मात्रा बढ्दै जानेछ । अक्सिजन मानव जीवनको आधार हो भने शास्त्रमा यसलाई प्राणवायु भनिएको छ ।

अक्सिजनको मात्रा पर्याप्त हुँदा हाम्रो शरीर स्वास्थ हुन्छ । त्यसैले ब्रह्म मुहूर्तमा उठ्नु स्वास्थ्यका लागि लाभदायक हुन्छ ।

ब्रह्म मुहूर्तमा उठ्ने व्यक्ति सफल र समृद्ध हुन्छ । किन कि चाँडो उठ्दा दिनभरको काम र योजना निर्माणका लागि पनि धेरै समय मिल्छ । यसैले सफलता मिल्दै जानेछ भने शारीरिक तथा मानसिक रुपमा त्यस्ता व्यक्ति स्वस्थ रहनेछन् ।

प्रकाशित मिति : २० बैशाख २०७६, शुक्रबार  ६ : ५० बजे

भीम रावल भन्छन्ः एमालेमा मेरो आवाजलाई गलत अर्थ लगाएर पार्टी छोडेको भ्रम सिर्जना गरियो

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का नेता भीम रावलले एमाले

यस्तो छ सरकार र जेनजीबिचको १० बुँदे सम्झौता

काठमाडौं – जेनजीको नेतृत्वमा भएको जनआन्दोलनका सम्बन्धमा जेनजी प्रतिनिधि र

सरकारसँगको १० बुँदे सम्झौतालाई जेन-जी मुभमेन्टले गर्यो अस्वीकार

काठमाडौं – जेन–जी मुभमेन्ट नेपालले बुधबार सरकारसँग भएको १० बुँदे

सरकारसँग भएको सम्झौतामा जेनजी समूहबीच नै असहमति (तस्बिरहरू)

काठमाडौं – जेनजीको नेतृत्वमा भएको जनआन्दोलनका सम्बन्धमा जेनजी प्रतिनिधि र

कांग्रेस सदस्यता छानबिन समितिको संयोजक बने महेन्द्र यादव

काठमाडौँ- नेपाली कांग्रेसको क्रियाशील सदस्यता केन्द्रीय छानबिन समितिको संयोजकमा महेन्द्र