फ्रिकिकका बादशाह मेस्सी, लियोले ८ गोल गर्दा रोनाल्डो शून्य « Khabarhub

फ्रिकिकका बादशाह मेस्सी, लियोले ८ गोल गर्दा रोनाल्डो शून्य


२० बैशाख २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- युरोपा च्याम्पियन्स लिग फुटबल अन्तगत सेमिफाइनल खेलको पहिलो लेगमा लिभरपुलविरुद्ध गोल गर्दा बार्सिलोनाका कप्तान लियोनल मेस्सीले क्लब गोलमा ६ सय पुरा गरेका छन् ।

उनको ६ सयौं गोलले पुन एक पटक विश्व फुटबल प्रशंसकको साथ पाएको छ । जसले उनलाई अर्का विश्वका स्टार फुटबलर क्रिष्टियानो रोनाल्डोसँग उनको तुलना गर्न थालिएको छ । यतिबेला मेस्सी र रोनाल्डोमध्ये फ्रिकिकमा को उत्कृष्ट भन्ने चर्चाले स्थान पाएको छ ।

यसअघि च्याम्पियन्स लिग गोलमा रोनाल्डो अगाडि रहेपनि फ्रिकिक गोलमा भने रोनाल्डोभन्दा मेस्सी अगाडि देखिएका छन् । जसमा मेस्सीलाई फुटबल पण्डितले फ्रिकिकको बादशाहको उपमा दिएका छन् । तर, रोनाल्डो भने फ्रिकिकमा मेस्सीभन्दा निकै पछि रहेका छन् । यो सिजनमा मेस्सीले ८ गोल गर्दा रोनाल्डोले फ्रिकिकमा एक गोल पनि गर्न सकेनन् ।

कप्तान लियोन मेस्सी एक उत्कृष्ट खेलाडी हुन् र आफुलाई अझै राम्रो गर्दै गइरहेका छन् । जुनकुरा उनले फुटबलको मैदानमा प्रमाणस्त पनि गरिरहेका छन् । उनले आफ्नो छुट्टै फ्रिकिक प्रहार गर्ने तरिका बनाएका छन् । जसमा उनले प्रहार गरेको बल क्रसबारबाट केही घुमेर जाली चुम्ने गर्दछ । यो सिजनमा उनले फ्रिकिकमा ८ गोल पुरा गरेका छन् ।

उनले बिहीबार बिहान प्रहार गरेको ६ सयौं गोल पनि फ्रिकिक गोल थियो । ३० यार्ड टाढाबाट लिभरविरुद्ध प्रहार गरेको बलले जाली चुमेको थियो । नोउ क्याम्पामा भएको च्याम्पियन्स लिग खेलमा आफ्नो खेल करियरको १४ औं वर्षमा आइपुग्दा उनले ६ सय गोल पुरा गरे ।

‘मेस्सीले केही चिज भर्खरै परिवर्तन गरेका छन,’ बीबीसीका लागि स्पेनका फुटबल विज्ञ युइल्लेम बालागुइले भने,‘ उनी आफैपनि यो विषयका लागि ज्ञाता होइनन् । तर, राम्रो अभ्यास गरेका छन् र अहिले केही नयाँ भएको तपाईले पनि संकेत पाउनु भएको छ । यसको पछाडी उनले धेरै मेहनत गरेका छन् ।’

‘उनी अहिले यसको मास्टर नै भइसकेका छन् र अहिलेकै अवस्थामा उनी जत्तीको उत्कृष्ट खेलाडी अरु छैन,’ उनले भने ।

लियोनल मेस्सीले फ्रिकिकबाट गरेको गोल संख्यामा वृद्धि

सन् २०१२–१३ को तथ्याङ हेर्दा उनले ४७ खेलमा गरी ४ गोल गरेका थिए । पछि २०१४–१५ को सिजनमा केही घटेको थियो । पुन मेस्सीले फ्रिकिकमा गोल गर्ने क्रम २०१५–१६ को सिजनमा बढाएका थिए । जसमा उनले त्यो सिजनमा खेलेका सबै खेलमा ७ फ्रिकिक गोल गरेका थिए । तर, अहिलेसम्मकै सबैभन्दा धेरै फ्रिकिक गोल मेस्सीले यो सिजनमा गरेका छन् । उनले यो सिजनमा मात्रै ८ गोल गरीसकेका छन् भने अझै केही खेल खेल्न बाँकी छ ।

२०१२–१३ देखि अहिलेसम्मका मेस्सीले गरेका गोल

 

युरोपमा सधै अगाडि

यो सिजनमा सिधै फ्रिकिकबाट ८ गोल गरेका मेस्सी दोस्रो स्थानमा रहेका पेरिस सेन्ट जर्मनका फरवार्ड डि मारियाभन्दा दोब्बर बढी हो । डि मारियाको गोल संख्या ४ छ ।

मेस्सीले पहिलो पटक एकै सिजनको च्याम्पियन्स लिगमा एक भन्दा बढी फ्रिकिकमा गोल गरेका छन् । जसमा उनले लिभरपुलविरुद्ध र पीएसभी इन्डिहोभानविरुद्ध गोल गरेका थिए । तर, अर्का स्टार खेलाडी रोनाल्डोले भने यो सिजनमा खेलेका २४ खेलमध्ये फ्रिकिकमा एक गोल गर्न सकेनन् ।

अहिलेसम्मको तुलना गर्नुपर्दा रोनाल्डो उमेरले सिनीयर भएपनि खेलमा फ्रिकिकमा उनीभन्दा मेस्सीको गोल संख्या धेरै छ । जसमा मेस्सीले २८ फ्रिकिक गोल गर्दा रोनाल्डोले मात्रै ९ गोल गरेका छन् ।

 

सर्वाधिक फ्रिकिकमा गोल गर्ने खेलाडी 

अर्जेन्टिना राष्ट्रिय टोलीबाट खेलेका १सय२९ खेलमा ६५ गोलसहित शीर्ष स्थानमा रहेका मेस्सीले अहिलेसम्म बार्सिलोनाका लागि ३५ गोल फ्रिकिकमार्फत गरेका छन् ।

उनले बार्सिलोनाका लागि पहिलो फ्रिकिक गोल सन् २००८ मा ला लिगामा एट्लेटिको मड्रिडविरुद्ध गोल गरेका थिए । च्याम्पियन्स लिगमा भने २००९ मा पहिलो फ्रिकिक गोल गरेका थिए । बीबीसीको सहयोगमा

प्रकाशित मिति : २० बैशाख २०७६, शुक्रबार  ८ : २६ बजे

पर्वतका ९५० किशोरीलाई एचपीभी खोप लगाइने

पर्वत– जिल्लाका ९५० किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको ‘ह्युमन पापिलोमा भाइरस’

आईएसएसको अन्त्य, सहकार्यको युग

एजेन्सी– अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन (आईएसएस) सन् २०३० मा पृथ्वीमा फर्किँदा

कप्तान रोहितले क्यानडाविरुद्ध नखेल्ने : आजको खेलको कप्तानी दीपेन्द्रले गर्ने

काठमाडौं – आइसिसी टी–२० विश्वकप अगाडिको अन्तिम अभ्यास खेल नेपालका

निर्धक्क भएर निर्वाचनमा खटिन अर्थमन्त्रीको आग्रह

गलकोट– अर्थमन्त्री रामेश्वर खनालले निर्धक्क भएर निर्वाचनको तयारी गर्न सरोकार

स्वास्थ्यमा सुधार भएपछि रवि लामिछाने चितवन जाँदै

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने आज