आज विश्व प्रेस स्वतन्त्रता दिवस, प्रेसमाथिको खतरा कायमै | Khabarhub Khabarhub

आज विश्व प्रेस स्वतन्त्रता दिवस, प्रेसमाथिको खतरा कायमै


२० बैशाख २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– मे ३ अर्थात विश्व प्रेस स्वतन्त्रता दिवस । विश्वभर विभिन्न कार्यक्रमको आयोजना गरी २६ औं विश्व प्रेस स्वतन्ता दिवस मनाइँदैछ ।

नेपालमा पनि यो वर्ष ‘लोकतन्त्र र शान्तिका लागि मिडिया : इन्टरनेटको युगमा पत्रकारिता र निर्वाचन’ भन्ने नाराका साथ मनाइँदै छ ।

सन १९९३ मा संयुक्त राष्ट्र संघको साधारणसभाले घोषणा गरेपछि युनेस्कोको आह्वानमा प्रत्येक वर्ष मे ३ का दिन संसारभर विश्व प्रेस स्वतन्त्रता दिवस मनाइँदै आएको छ ।

गत वर्षको तथ्यांकलाई हेर्दा स्वीडेन, नर्वे र फिनल्यान्ड उत्कृष्ट प्रेस स्वतन्ता भएका मुलुक ठहरिएका छन् । प्रेस स्वतन्त्रतासम्बन्धी काम गर्दै आएको अमेरिकी संस्था फ्रिडम हाउसले गरेको अध्ययनले यो नतिजा देखाएको हो । त्यस्तै सबैभन्दा खराब राष्ट्रको सूचीमा सिरिया परेको छ । नेपाल प्रेस स्वतन्त्रतासम्बन्धी सूचीमा ५४ औं स्थानमा छ ।

यसैबीच राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले नेपालमा संविधान निर्माण गरी निर्वाचन गराउने गौरवपूर्ण काम भएपनि प्रेस माथिको खतरा अझै कायमै रहेको बताएका छन् । उनले प्रेस स्वतन्त्रता र मानवअधिकारको रक्षा गर्न आयोग दृढ रहेको बताए ।

प्रकाशित मिति : २० बैशाख २०७६, शुक्रबार  ८ : ४९ बजे

भन्सार छलेर ल्याइएका १८ लाखका कपडा बरामद

वीरगञ्ज – सशस्त्र प्रहरी बल नेपाल १३ नम्बर गणबाट परिचालन

सङ्गठित अपराधमा संलग्न भएको आरोपमा चर्चित मुक्केबाजको गिरफ्तारी

वाशिङ्टन – अमेरिकी आप्रवासी एजेन्टले मेक्सिकोका चर्चित मुक्केबाज ३९ वर्षीय

वर्षायामको आगमनसँगै सौराहामा घटे पर्यटक

चितवन– पर्यटकीय नगर सौराहामा विगत २५ वर्षदेखि व्यवसाय गर्दै आएका

एक करोड लागतमा वडा कार्यालय भवन निर्माण

म्याग्दी– रघुगङ्गा गाउँपालिका–१ बेगमा एक करोड पाँच लाखको लागतमा वडा

ढुङ्गा लागेर टहरामा सुतेका दिदी बहिनीको मृत्यु

काँक्रेविहार– जाजरकोटको कुशे गाउँपालिका–३ तर्पेनामा एकै घरका दिदी र बहिनीको