आज विश्व प्रेस स्वतन्त्रता दिवस, प्रेसमाथिको खतरा कायमै « Khabarhub

आज विश्व प्रेस स्वतन्त्रता दिवस, प्रेसमाथिको खतरा कायमै


२० बैशाख २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– मे ३ अर्थात विश्व प्रेस स्वतन्त्रता दिवस । विश्वभर विभिन्न कार्यक्रमको आयोजना गरी २६ औं विश्व प्रेस स्वतन्ता दिवस मनाइँदैछ ।

नेपालमा पनि यो वर्ष ‘लोकतन्त्र र शान्तिका लागि मिडिया : इन्टरनेटको युगमा पत्रकारिता र निर्वाचन’ भन्ने नाराका साथ मनाइँदै छ ।

सन १९९३ मा संयुक्त राष्ट्र संघको साधारणसभाले घोषणा गरेपछि युनेस्कोको आह्वानमा प्रत्येक वर्ष मे ३ का दिन संसारभर विश्व प्रेस स्वतन्त्रता दिवस मनाइँदै आएको छ ।

गत वर्षको तथ्यांकलाई हेर्दा स्वीडेन, नर्वे र फिनल्यान्ड उत्कृष्ट प्रेस स्वतन्ता भएका मुलुक ठहरिएका छन् । प्रेस स्वतन्त्रतासम्बन्धी काम गर्दै आएको अमेरिकी संस्था फ्रिडम हाउसले गरेको अध्ययनले यो नतिजा देखाएको हो । त्यस्तै सबैभन्दा खराब राष्ट्रको सूचीमा सिरिया परेको छ । नेपाल प्रेस स्वतन्त्रतासम्बन्धी सूचीमा ५४ औं स्थानमा छ ।

यसैबीच राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले नेपालमा संविधान निर्माण गरी निर्वाचन गराउने गौरवपूर्ण काम भएपनि प्रेस माथिको खतरा अझै कायमै रहेको बताएका छन् । उनले प्रेस स्वतन्त्रता र मानवअधिकारको रक्षा गर्न आयोग दृढ रहेको बताए ।

प्रकाशित मिति : २० बैशाख २०७६, शुक्रबार  ८ : ४९ बजे

प्रधानमन्त्री बालेनको निर्देशनपछि स्वीकृत दरमै टिकट बेच्ने तयार भए वायुसेवा कम्पनी

काठमाडाैँ – नजिकिँदो चाडपर्वको मौका छोपेर हवाई भाडादर अत्यधिक बढाएको

मलेसियाको जोहोरमा वायु प्रदूषण बढेपछि विद्यालय बन्द

काठमाडौँ- मलेसियाको जोहोर राज्यमा वायु प्रदूषणको स्तर बढेपछि विद्यार्थीको स्वास्थ्य

कांग्रेस महाधिवेशन : शुक्रबार ७ बजेबाट मतदान

काठमाडौं– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि आज

साडीमा नचिनेपछि विपिन कार्कीप्रति इभा गिरीको आपत्ति, भनिन्- ‘उहाँहरूको सोचमै समस्या भयो’

काठमाडौं– टिकटकर तथा नवअभिनेत्री इभा गिरीले अभिनेता विपिन कार्कीले आफूलाई

इथियोपियामा लामो दूरीको आक्रमणको सम्भावनाबारे अमेरिकी दूतावासको चेतावनी

एजेन्सी– इथियोपियाली सैन्य प्रतिष्ठानलाई लक्षित गरी सम्भावित लामो दूरीको आक्रमण हुनसक्ने