डेढलाख युवालाई असार मसान्त अघि नै जागिर दिइने « Khabarhub

डेढलाख युवालाई असार मसान्त अघि नै जागिर दिइने


२० बैशाख २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत असार मसान्त अगाडि नै १ लाख ५० हजार युवायुवतीलाई आन्तरिक श्रम बजारमा रोजगारी दिने भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले स्थानीय तह र प्रदेशस्तरमा निर्माणधीन अवस्थामा रहेका साना ठुला परियोजनामा अनिवार्य ४५ दिने रोजगारी दिने तयारीका साथ काम भइरहेको जानकारी दिएको छ । यो कार्यक्रम वैशाख महिना भित्रै घोषण गर्ने श्रम मन्त्रालयले जनाएको छ ।

हाल स्थानीयहतमा सञ्चालनमा रहेका रोजगार सूचना केन्द्रमार्फत बेरोजगार युवा युवतीको तंथ्याक संकलन गर्ने काम भइरहेको मन्त्रालयले जनाएको छ । मन्त्रालयले प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि स्थानीयस्तरमा रोजगार सूचना केन्द्र सञ्चालनमा ल्याएको छ । उक्त कार्यक्रम सञ्चालनका लागि सरकारले चालु आर्थिक वर्षमा २ अर्ब ५० करोड रकम छुटाएको थियो । श्रम मन्त्रालयले यो कार्यक्रममार्फत रोजगार नभए निवार्ह भत्ता दिने योजनाअघि सारेको थियो ।

यो आर्थिक वर्षमा देशभित्र रहेका रोजगारीका सम्भावाना र वेरोजगारीको तंथ्याक संकलन गर्ने काम मात्र भएको मन्त्रालयको भनाई छ । जसका कारण कार्यक्रमका लागि छुटाइएको बजेटमार्फत युवालाई काम दिने मन्त्रालयको तयारी छ । सोही अनुसार देशभर निर्माण भइहेका परियोजना र निर्माण कम्पनीसँग काम लगाउने विषयमा परामर्श भइरहेको मन्त्रालयले जनाएको छ ।

सरकारले हाल आन्तरिक श्रम बजारमा कस्ता र कति युवाका लागि रोजगारी सिर्जना गर्ने सकिन्छ भनेर अध्ययन गरिरहेको श्रम मन्त्रालयका सहसिचव तथा प्रधानमन्त्री रोजगार कार्यक्रमका संयोजक प्रकाश दाहालले बताए । उनले भने, ‘श्रम मन्त्रालयले यो वर्ष कार्यक्रमका लागि विनियोजना गरिएको बजेटमार्फत विभिन्न क्षेत्रका स्थानीय परियोजनामा युवालाई रोजगारी दिने लक्ष्य लिएको छ । यसरी काम गर्दा रोजगारी दिने परिपार्टी पनि बस्छ । चालु आर्थिक वर्षमा १ लाख ५० हजारलाई रोजगार दिन सकियो भने आगामी वर्ष यो संख्या बढाउन सकिन्छ ।’

प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि बिनियोजन भएको बजेटले युवाको योग्यता र क्षमता हेरर रोजगारी दिने छलफल र तयारी भइरहेको उनको भनाई छ । काम र युवाको स्तर हेरर तलब निधारण गरिने संयोजक दाहालले जानकारी दिए ।

श्रम मन्त्रालयले निवाहभत्ता भन्दा पनि युवालाई कामप्रति पे्ररित गर्ने पक्षमा रहेको जनाएको छ । सरकारले यो कार्यक्रममार्फत १ सय ५० दिनका रोजगारी नदिन सक्ने निवाह भत्ताको घोषण गरेको थियो । तर, यो वर्ष निवाह भत्ताभन्दा विभिन्न परियोजनामा रोजगारी दिने लक्ष्य मन्त्रालयको छ । जसअनुसार पहिलो चरणमा १ लाख ५० हजार युवालाई रोजगारी दिने मन्त्रालयले जनाएको छ ।

श्रम मन्त्रालयले ३० हजारभन्दा कम तलबमा वैदेशिक रोजगारीमा जाने युवालाई आन्तरिक श्रम बजारमै रोजगारी दिलाउने योजनासहित काम गरिरहेको बताउँदै आएको छ । जसका लागि विभिन्न निर्माण कम्पनी, उद्योग र व्यवसायीसँग परामर्र्श भइरहेको मन्त्रालयले जनाएको छ । मन्त्रालयले वार्षिक ३ लाख युवाका लागि रोजगारी सिर्जना हुने अवस्था देखिएको जनाएको छ।

प्रकाशित मिति : २० बैशाख २०७६, शुक्रबार  १० : ३९ बजे

बुटवलको जुत्ता पसलमा आगलागी

बुटवल- बुटवलको एक जुत्ता पसलमा शुक्रबार (फागुन २९) साँझ आगलागी

शुक्रबार झापामा सबैभन्दा बढी वर्षा

काठमाडौं- मौसम बदली कायम रहँदा शुक्रबार पनि देशका विभिन्न जिल्लामा

समानुपातिक सांसदको नाम टुंग्याउन रास्वपाले डाक्यो सचिवालय बैठक

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टी सचिवालय बैठक डाकेको

चुनावमा महावीरले बचाए २७ लाख रुपैयाँ

काठमाडौँ- नवनिर्वाचित स्वतन्त्र सांसद महावीर पुनले आफ्नो चुनावी अभियानबाट करिब

प्रधानमन्त्री कार्कीलाई भेटेपछि सुदनले भने : प्रत्येक मिनेट राष्ट्रका लागि महत्त्वपूर्ण छ

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टीका नवनिर्वाचित प्रतिनिधिसभा सदस्य सुदन गुरुङले प्रधानमन्त्री