नेपालमा फानीको प्रभाव: आन्तरिक तर्फका सबै उडान बन्द | Khabarhub Khabarhub

नेपालमा फानीको प्रभाव: आन्तरिक तर्फका सबै उडान बन्द


२० बैशाख २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


काठमाडौं– बंगालको खाडीबाट शुरु भएर भारतको उडिसा राज्यमा वितण्डा मच्चाइरहेको चक्रावत फानीको प्रभाव नेपालमा पनि देखिएको छ ।

चक्रवात फानीका कारण शुक्रबार बिहानैदेखि काठमाडौंलगायत देशभरको मौसम परिवर्तन भएको छ । मौसममा आएको परिवर्तनका कारण शुक्रबार विहानदेखि आन्तरिक तर्फका सबै हवाई उडान रद्द भएका छन् । यद्यपि अन्तर्राष्ट्रियतर्फका उडान भने जारी छन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रवन्धक राजकुमार क्षेत्रीले मौसममा आएको खराबीका कारण विहान १० बजेदेखि आन्तरिक तर्फका सबै उडान बन्द गरिएको खबरहबलाई जानकारी दिए ।

‘तत्कालै मौसममा सुधार आउने संभावना नरहेको जानकारी हामीलाई प्राप्त भएको छ,’ महाप्रवन्धक क्षेत्रीले खबरहबसँग भने, ‘मौसम खराब भएकाले आन्तरिक तर्फका सबै उडान विहान १० बजेदेखि बन्द छन् ।’

प्रकाशित मिति : २० बैशाख २०७६, शुक्रबार  १२ : ०० बजे

युद्धविराम प्रस्ताव नमाने गाजालाई धुलो बनाउने इजरायली चेतावनी

इजरायल – इजरायलले हमासले युद्ध विरामका लागि राखिने प्रस्ताव नमानेमा

बाँकेमा साइबर अपराधका उजुरी बढे

बाँके– जिल्ला प्रहरी कार्यालय बाँकेमा साइबर अपराधसम्बन्धी उजुरी बढ्दै गएको

जिपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

कञ्चनपुर– कञ्चनपुरको वेदकोट नगरपालिका– ३ दैजी बजारमा जिपले ठक्कर दिँदा

कानूनसहित पाँचवटा समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसद अन्तर्गत रहेका विभिन्न पाँचवटा समितिको बैठक बस्दैछ

अवैध आप्रवासीमा लागि फ्लोरिडामा जेल तयार, ट्रम्प भन्छन्- ‘दुष्ट व्यक्तिको घर हो’

फ्लोरिडा : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फ्लोरिडामा रहेको डिटेन्सन सेन्टर