नेपालमा फानीको प्रभाव: आन्तरिक तर्फका सबै उडान बन्द « Khabarhub

नेपालमा फानीको प्रभाव: आन्तरिक तर्फका सबै उडान बन्द


२० बैशाख २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


काठमाडौं– बंगालको खाडीबाट शुरु भएर भारतको उडिसा राज्यमा वितण्डा मच्चाइरहेको चक्रावत फानीको प्रभाव नेपालमा पनि देखिएको छ ।

चक्रवात फानीका कारण शुक्रबार बिहानैदेखि काठमाडौंलगायत देशभरको मौसम परिवर्तन भएको छ । मौसममा आएको परिवर्तनका कारण शुक्रबार विहानदेखि आन्तरिक तर्फका सबै हवाई उडान रद्द भएका छन् । यद्यपि अन्तर्राष्ट्रियतर्फका उडान भने जारी छन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रवन्धक राजकुमार क्षेत्रीले मौसममा आएको खराबीका कारण विहान १० बजेदेखि आन्तरिक तर्फका सबै उडान बन्द गरिएको खबरहबलाई जानकारी दिए ।

‘तत्कालै मौसममा सुधार आउने संभावना नरहेको जानकारी हामीलाई प्राप्त भएको छ,’ महाप्रवन्धक क्षेत्रीले खबरहबसँग भने, ‘मौसम खराब भएकाले आन्तरिक तर्फका सबै उडान विहान १० बजेदेखि बन्द छन् ।’

प्रकाशित मिति : २० बैशाख २०७६, शुक्रबार  १२ : ०० बजे

बुलेट र पल्सर लिएर मोटरसाइकल गस्तीमा प्रहरी (तस्बिरहरू)

काठमाडौं– जिल्ला प्रहरी कार्यालय बागलुङले चाडपर्वका बेलामा हुनसक्ने ठगी, चोरी–डकैती

पाकिस्तानलाई १.२ अर्ब डलर सहयोग गर्न आईएमएफ सहमत

एजेन्सी– अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले पाकिस्तानलाई करिब एक अर्ब

एमालेले मङ्सिरमा वडा र पुसमा पालिका अधिवेशन गर्ने

काठमाडाैँ – नेकपा एमालेले स्थानीय तहअन्तर्गतका वडा र पालिका कमिटीका

प्रवास कांग्रेसका डण्डपानी कँडेल केन्द्रीय सदस्यको प्रतिस्पर्धामा

काठमाडाैँ – नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा डण्डपानी कँडेल (डीपी) ले

गृहमन्त्री गुरुङ र अमेरिकी कार्यवाहक राजूदत बोल्डिनबीच भेटवार्ता

काठमाडौं– नेपालका लागि अमेरिकी कार्यवाहक राजदूत मेगन बोल्डिन र गृहमन्त्री