के हो फानी, कसरी राखियो नाम ? | Khabarhub Khabarhub

के हो फानी, कसरी राखियो नाम ?


२० बैशाख २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बंगालको खाडीबाट झण्डै दुई सय किलोमिटर प्रतिघण्टाको वेगमा भारतको उडिसातर्फ बढिरहेको फानी नाम गरेको समुन्द्री आँधीको प्रभाव नेपालमा पनि पर्ने देखिएको छ ।

भारतको पूर्वी तटतर्फ अघि बढेको फानीबाट हुने सम्भावित क्षती कम गर्न भारत सरकारले प्रभावित क्षेत्र अर्थात समुन्द्र किनारमा रहेका मानिसहरुलाई सुरक्षित स्थानमा सारिरहेको छ । त्यसक्रममा करीब ८ लाख मानिसलाई सुरक्षित स्थानमा सारिएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

भारतको आन्द्रप्रदेश र तामिलनाडुमा फानीको उच्च जोखिम रहेको बताइएको छ ।

उक्त फानीको प्रभाव नेपालमा पनि पर्ने सम्भावना रहेको मौसमविद्ले जनाएका छन् ।

त्यसको प्रभावस्वरुप शुक्रवार(आज) विहान देखि काठमाडौं लगायका स्थानको मौसम बदलि भएको छ । दिउँसै अध्यारो जस्तो हुन गएको छ । गृहमन्त्रालयले हेलिकोप्टर नउडाउन आग्रह गरेको छ भने तराईका केही स्थानका विद्यालयहरु समेत बन्द गरिएका छन् ।

गृहमन्त्रालका प्रवक्ता रामकृष्ण सुवेदीले फानीको प्रभावले केही स्थानमा आँधी र हुरी आउने सम्भावना रहेको र त्यसबाट हुने सम्भावित विपद्पछिको उद्धार र राहतका लागि सरकार तयारी अवस्थामा रहेको बताएका छन् ।

फानीकै कारण केहिबेरपछि काठमाडौंसहित देशभर हावाहुरी चल्ने मौसमविद विभूति पोखरेलले खबरहबलाई जानकारी दिइन् ।

‘हामीले धेरै अघिदेखि भरिहेका छौं । यसको प्रभाव कत्तिको पर्छ अहिले नै भन्न सक्ने अवस्था छैन । त्यसैले सबै आआफ्नो रुपमा सचेत हुनुपर्छ,’ पोखरेलले भनिन्, ‘विशेषगरी हिमाली क्षेत्रमा मानिसले धेरै सचेतना अपनाउनुपर्ने देखिएको छ । सकेसम्म हिमाल आरोहण गर्ने व्यक्तिहरु तल र सुरक्षित ठाउँमा बस्नु राम्रो हुनेछ ।’

उनले समुन्द्री आँधी जमिनमा पुग्नेवित्तिकै प्रभाव कम पर्ने भएकाले नेपालमा ठूलो असर नगर्ने अनुमान गरिएको बताइन् । यसको प्रभाव आज (शुक्रबार) र भोलि (शनिबार)सम्म हुने उनले बताइन् ।

‘अब केहीबेरमा काठमाडौंसहित देशभर हावाहुरी चल्न थाल्नेछ । यसबाट सबै सचेत हुनुहोस्,’ पोखरेलले भनिन्न् ‘हावाहुरीबाट बच्न चाल्नुपर्ने सतर्कताका बारेमा सबै एलट हुनु आवश्यक छ ।’

ओडिशाबाट सो समुद्री आँधी बाङ्ग्लादेशको चटगाउँतिर जानेछ। शनिवार त्यहाँ पुग्दा भने फानीको वेग र शक्ति घट्ने मौसमविद्हरू बताउँछन्।

के हो फानी ?

फानी एक प्रकारको हावाहुरी हो । उष्णकटिबन्धिय हावाहुरीको एक प्रकार फानी हो । जस्तै हरिकेन, टाइफून, साइक्लोन जस्तै फानी पनि एक उष्णकटिबन्धीय चक्रवाता(हावाहुरी) को प्रकार हो ।

विश्वका अलग अलग स्थानमा हावाहुरीको अलग अलग नाम राखिएको हुन्छ । तर यो जरुरी छैन कि हरेक हावाहुरीको नाम राखियोस् । हावाहुरीको नाम राख्ने प्रचलन सन् १९५३ बाट आधिकारिक रुपमा शुरु भएको थियो । यसको एक प्रकृया रहेको छ । यो नाम संयुक्त राष्ट्र संघको वर्ल्ड मेट्रोलोजिकल अर्गनाइजेशन द्वारा बनाइएको नियम अनुसार राखिन्छ ।

कस्तो आँधी वा हावाहुरीको नाम राखिन्छ ?

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुका अनुसार त्यस्तो आँधी वा हावाहुरीको नाम राखिन्छ जसको गती ६३ किलोमिटर प्रतिघन्टा हुन्छ । यस्तोमा जव यो हुरीको रफ्तार ११८ किलोमिटर प्रतिघन्टा सम्म हुन्छ त्यतिबेला यस्तो हुरीलाई गम्भीर प्रकृतिको हावाहुरीको श्रेणीमा राखिन्छ । यस्तै २२१ किलोमिटर प्रतिघन्टाको रफ्तारमा आउने हावाहुरीको नाम चक्रवाती हावाहुरी दिइएको छ ।

फानीको अर्थ ?

हिन्द महासागमा उठेको यो हुरीलाई बंगलादेशले फानी नामाकरण गरेको थियो । बंगलादेशमा फानीको सम्बन्ध सर्पसँग हुन्छ । फानीको प्रयोग विध्वंश या नोक्सानको रुपमा लिने गरिएको छ । फानीको शाब्दिक अर्थ ‘सर्पको फडा’ सँग सम्बन्धित छ ।यस्तो हावाहुरी विश्वको जुन महासागमा उत्पन्न हुन्छ त्यसको नाम नजिकको राष्ट्रले राख्ने गरेका छन् ।

प्रकाशित मिति : २० बैशाख २०७६, शुक्रबार  १२ : ०४ बजे

हङकङ सिक्सेस: नेपालले अफगानिस्तानसँग खेल्दै

काठमाडौं – हङकङ सिक्सेस क्रिकेट प्रतियोगितामा नेपालले शुक्रबार अफगानिस्तानसँग प्रतिस्पर्धा

पथरी शनिश्चरे गोल्डकपः पथरी–११ र सलहेस फाइनलमा

पथरी – अन्तरराष्ट्रिय आमन्त्रण दोस्रो इन्ट्रा पथरी शनिश्चरे गोल्डकप–२०८२ उपाधिका

एनसेल र मेटलाइफ नेपालको साझेदारीमा ‘डाटासँगै जीवन बिमा’ सेवा

काठमाडौँ- एनसेल अजिरा लिमिटेड र मेटलाइफ नेपालबीचको सहकार्यमा नेपाली ग्राहकहरूका

प्रमाणसहित उजुरी दर्ता गर्न सहकारीका बचतकर्तालाई प्रहरीको आग्रह

कास्की– जिल्ला प्रहरी कार्यालय कास्कीले पोखरा महानगरपालिका–९ नयाँबजारमा सञ्चालित पोखरा

ललितकला प्रज्ञा प्रतिष्ठानमा आइतबारदेखि अन्तरराष्ट्रिय कला प्रदर्शनी

काठमाडौं – काठमाडौंमा आउँदो आइतबारदेखि पाँच दिने अन्तरराष्ट्रिय कला प्रदर्शनी