भारतको उडिसामा फानीको वितण्डा | Khabarhub Khabarhub

भारतको उडिसामा फानीको वितण्डा


२० बैशाख २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


काठमाडौं– भारतको पूर्वी तटीय क्षेत्रमा फानी नामक समुद्री आँधीले भारी वर्षा गराउन शुरु गरेको छ ।

फानी पूर्वी भारतको उडिसा राज्यको तटमा शुक्रबार बिहान स्थानीय समय अनुसार ८ बजेदेखि सक्रिय रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

आँधीले हाल उडिसा र पश्चिम बङ्गाल राज्यका तटीय क्षेत्रमा भारी वर्षा गराउन शुरु गरेको छ । २ सय किलोमिटर प्रतिघण्टाको गतिमा बङ्गालको खाडीबाट शुरु भएको आँधीले उडिसा राज्यको राजधानी भुवनेश्वरमा रहेका रुख, बिजुलीका पोल ढालिदिएको छ ।

त्यसबाहेक आँधी प्रभावित क्षेत्रमा विद्यालय तथा सरकारी कार्यालय बन्द भएका छन् भने रेल र हवाई उडान रद्द गरिएका छन् । यद्यपि आँधी आउनुअघि त्यस क्षेत्रका लाखौं मानिसहरुलाई सुरक्षित स्थानतर्फ सारिएकाले आँधीबाट कसैको मृत्यु भएको समाचार आएको छैन ।

आँधी जमिनमा आएपछि केही कमजोर हुने र विस्तारै उत्तरपश्चिम दिशातर्फ बंगलादेश जाने भारतीय मौषम पूर्वानुमान निकायको अनुमान छ ।

प्रकाशित मिति : २० बैशाख २०७६, शुक्रबार  १२ : १० बजे

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले बुधबारका लागि विदेशी मुद्राको विनिमय

आज बुधबार : श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल असार १८ गते बुधबार। असार

आज २०८२ साल असार १८ गते बुधबारको राशिफल

काठमाडौं – आज २०८२ साल असार १८ गते बुधबार। असार

एलडीसी स्तरोन्नतिपछि पनि वित्तीयकरणमा सघाउन अध्यक्ष ढकालको आग्रह

काठमाडौँ – अतिकम विकसित मुलुक ( एलडीसी) बाट स्तरोन्नति पनि

विकास सहायता कम र असन्तुलित भयो, रूपान्तरण हुनुपर्छ : प्रधानमन्त्री ओली

सेभिया (स्पेन) – प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वमा विकास सहायता