भारतको उडिसामा फानीको वितण्डा « Khabarhub

भारतको उडिसामा फानीको वितण्डा


२० बैशाख २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


काठमाडौं– भारतको पूर्वी तटीय क्षेत्रमा फानी नामक समुद्री आँधीले भारी वर्षा गराउन शुरु गरेको छ ।

फानी पूर्वी भारतको उडिसा राज्यको तटमा शुक्रबार बिहान स्थानीय समय अनुसार ८ बजेदेखि सक्रिय रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

आँधीले हाल उडिसा र पश्चिम बङ्गाल राज्यका तटीय क्षेत्रमा भारी वर्षा गराउन शुरु गरेको छ । २ सय किलोमिटर प्रतिघण्टाको गतिमा बङ्गालको खाडीबाट शुरु भएको आँधीले उडिसा राज्यको राजधानी भुवनेश्वरमा रहेका रुख, बिजुलीका पोल ढालिदिएको छ ।

त्यसबाहेक आँधी प्रभावित क्षेत्रमा विद्यालय तथा सरकारी कार्यालय बन्द भएका छन् भने रेल र हवाई उडान रद्द गरिएका छन् । यद्यपि आँधी आउनुअघि त्यस क्षेत्रका लाखौं मानिसहरुलाई सुरक्षित स्थानतर्फ सारिएकाले आँधीबाट कसैको मृत्यु भएको समाचार आएको छैन ।

आँधी जमिनमा आएपछि केही कमजोर हुने र विस्तारै उत्तरपश्चिम दिशातर्फ बंगलादेश जाने भारतीय मौषम पूर्वानुमान निकायको अनुमान छ ।

प्रकाशित मिति : २० बैशाख २०७६, शुक्रबार  १२ : १० बजे

धनुषामा १९७ ग्राम खैरो हेरोइनसहित दुई जना पक्राउ

जनकपुरधाम– धनुषामा प्रहरीले १९७ ग्राम लागूऔषध खैरो हेरोइनसहित दुई जनालाई

विपद् प्राधिकरणले भन्यो- रसुवा बाढीका भ्रामक सूचनाबाट सचेत रहनू

काठमाडौं– राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले रसुवा बाढीपछि

राष्ट्रपतिले ३:३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा

सेनाको निष्कर्ष : भोटेकोशी बाढीपछि विद्युत् सुरुङमा १२१ जनामात्रै फसेका देखियो

काठमाडौं– नेपाली सेनाले ब्रेक थ्रू नभएसम्म बाढीले क्षति भएका जलविद्युत

परराष्ट्रमन्त्री खनाल र माल्दिभ्सका विदेशमन्त्री एडमबीच टेलिफोन वार्ता

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनाल र माल्दिभ्सका विदेशमन्त्री इरुथिसाम एडमबीच आज