भारतमा फानीको वितण्डा, नेताहरुको चुनावी कार्यक्रम समेत प्रभावित ! « Khabarhub

भारतमा फानीको वितण्डा, नेताहरुको चुनावी कार्यक्रम समेत प्रभावित !


२० बैशाख २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


काठमाडौं– शुक्रबार बिहान ८ बजे पूर्वी भारतको उडिसा राज्यको तटमा प्रहार गरेको समुद्री आँधी फानी हाल विस्तारै उत्तर–पूर्वतर्फ बढिरहेको छ । जमिनमा प्रहार गर्ने समयमा करिब २ सय किलोमिटर प्रतिघण्टाको गतिमा आएर विस्तारै कमजोर बन्दै गइरहेको फानी हाल १ सय ६० किलोमिटर प्रतिघण्टाको गतिमा पश्चित बंगालतर्फ बढिरहेको हो ।

आँधीले हाल उडिसा, पश्चिम बंगाल, आन्ध्र प्रदेश राज्यमा भीषण वर्षा गराइरहेको छ भने आँधीले ल्याएको बायुबाट नेपाल र बंगलादेशका भू–भागसहित पूर्वी भारतीय राज्यहरु बिहार, झारखण्ड लगायतका क्षेत्रमा पनि वर्षा भइरहेको छ । उडिसा राज्यका मुख्यमन्त्री नवीन पटनायकले आँधी प्रभावित क्षेत्रका मानिसहरुलाई घरभित्रै रहन अपिल गरेका छन् ।

आँधीले उडिसा राज्यका ठाउँठाउँमा रुख, बिजुलीका खम्बा तथा अन्य पूर्वाधार ढालिदिएको छ । आँधीका कारण आन्ध्र प्रदेश तथा उडिसा राज्यका तटीय क्षेत्रमा रहेका पुराना भवनहरु केही पूर्ण रुपमा तथा केही आंशिक रुपमा क्षतिग्रस्त भएको जनाइएको छ । त्यस्तै, पूर्वी भारतका आँधी प्रभावित क्षेत्रका सरकारी कार्यालय, विद्यालय, रेलसेवा, हवाई उडान ठप्प छन् । पूर्वाधारमा क्षति पुगेपछि त्यहाँ अधिकांश स्थानमा विजुली बलेका छैनन् भने टेलिफोन, मोबाइल सेवा पनि बन्द छन् ।

आँधीबाट हालसम्म कम्तिमा १ जनाको मृत्यु भएको पुष्टि भएको छ । उडिसा राज्यको पुरी शहरमा रहेको सखिगोपाल क्षेत्रमा रुखले किचेर १ जनाको मृत्यु भएको भारतको अल इण्डिया रेडियोले जनाएको छ । त्यसबाहेक आँधी प्रभावित क्षेत्रका मानिसहरुलाई आँधी आउनु अघि नै सुरक्षित स्थानमा सारिएकाले आँधीबाट ठूलो मानवीय क्षति नभएको बताइको छ ।

त्यस्तै, आँधी प्रभावित क्षेत्रमा सयौं उद्धार तथा राहतकर्मी परिचालन गरिएको छ । उडिसा, पश्चिम बंगाल र आन्ध्र प्रदेशमा नेशनल डिजास्टर रेसपन्स फोर्स (एनडीआरएफ)का जवानहरु परिचालन गरिएको र उनीहरुले उद्धारको कामलाई तीब्रता दिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

आम चुनावको सरगर्मी चढिरहेका बेला आँधी आएपछि केही उम्मेद्वारहरुले आफ्नो चुनावी अभियान स्थगित गरेको घोषणा गरेका छन् । पश्चिम बंगाल राज्यकी मुख्यमन्त्री ममता बनर्जीले आँधीलाई मध्यनजर गर्दै आफ्नो चुनावी अभियान ४८ घण्टाका लागि स्थगित गरिएको घोषणा गरेकी हुन् ।

प्रकाशित मिति : २० बैशाख २०७६, शुक्रबार  २ : ०५ बजे

इरानमा केही प्रतिबन्धहरू खुकुलो, मृतकको सङ्ख्या ६४६ पुग्यो

एजेन्सी – इरानले आफ्ना नागरिकमाथि लगाइएका केही प्रतिबन्धहरू मंगलबार आंशिक

कांग्रेस महाधिवेशन प्रतिनिधि : ६१ जनाले पार्टी छाडे, ४४ को मृत्यु, ४६ सय ३८ कायम

काठमाडौं- नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधिको संख्या ४६ सय ३८ कायम

प्रचण्ड, माधवलगायत केन्द्रीय सदस्यको शपथ (तस्बिरहरू)

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टीका संयोजक प्रचण्ड, सहसंयोजक माधव नेपाल तथा

मनोजमणि आचार्य भन्छन् : निर्वाचनको रेल गुडिसक्यो, अब रोकिँदैन

काठमाडौं- सभापति शेरबहादुर देउवा सहमतिमा आउन तयार नभएपछि महामन्त्रीद्वय विश्वप्रकाश

कांग्रेसलाई कांग्रेसबाटै खतरा छ भन्दै तिवारीको ‘चौबाटोमा चार तारा’ विमोचन 

काठमाडौं– कांग्रेसलाई कांग्रेसबाटै खतरा छ भन्दै नेता शंकर तिवारीले चौबाटोमा