नेपाल र ओमानबीच फ्रि भिसा–फ्रि टिकटमा कामदार आपूर्ति गर्ने सहमति « Khabarhub

नेपाल र ओमानबीच फ्रि भिसा–फ्रि टिकटमा कामदार आपूर्ति गर्ने सहमति


२० बैशाख २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल र ओमानबीच फ्रि भिसा र फ्रि टिकटमा कामदार आपूर्ति गर्ने सहमति भएको छ । सरकारीस्तरमा श्रम सम्झौता गर्न बिहीवार र शुक्रबार नेपाल–ओमानबीच बैठक भएको थियो ।

काठमाडौंमा बसेको प्रविधिक कमिटीको बैठकले निःशुल्क दरमै कामदार आपूर्ति गर्ने विषयमा सहमति गरेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जानकारी दिएको छ । बुधबार काठमाडौं आएको ओमानी प्राविधिक टोलीसँग नेपालले शून्य लागत, ठगी नियन्त्रण र श्रमिकको सेवा सुविधालाई प्राथमिकता दिएर छलफल गरेको थियो ।

ओमानसँग भएको छलफलका क्रममा कामदारमाथि हुने विभिन्न प्रकारका ठगी नियन्त्रण गर्ने प्रावधानका विषयलाई प्रष्ट रुपमा उठाइएको श्रम मन्त्रालयका सहसचिव तथा वैदेशिक रोजगार महाशाखाका प्रमुख उमेश ढुगांनाले बताए । ‘ओमान सरकारले राखेको प्रस्तावअनुसार नेपालले धेरै विषयलाई सुधार गर्नु पर्ने देखिएन । नेपाली पक्षले कामदारलाई अनावश्यक भार पर्ने गरी सम्झौता नगर्ने विषयलाई छलफलमा उठाएको थियो’ ढुंगानाले भने,‘ ओमानसँग श्रम सम्झौता गर्नेबारे यसअघि निरन्तर छलफल भइरहेका कारण नेपाली कामदार त्यहाँ जाने सम्बन्धमा उचित सम्झौता हुने भएको छ ।’

श्रम मन्त्रालयले श्रम सम्झौताका लागि आन्तर्राष्ट्रिय श्रम संगठनको नियम, सन्धि र अन्तराष्ट्रिय श्रम कानून पालना गर्ने सर्तमा मात्र श्रम सम्झौताका लागि पहल गर्दै आएको उनले बताए ।

नेपाली पक्षले श्रमिक भर्ना प्रक्रिया पारदर्शी हुनुपर्ने, श्रमिकको सुरक्षामा जवाफदेही हुनुपर्ने, न्यूनतम तलब सुविधाको प्रत्याभूति हुनुपर्ने, अन्र्राष्ट्रिय श्रमिक संगठन ९आईएलओ० को मापदण्डअनुसार मर्यादित श्रम व्यवहार, कार्यस्थलको वातावरण कामदारमैत्री हुनुपर्ने लगायतका विषयलाई मस्यौदामा उठान गरिएको छ । यो विषयमा ओमानले सहमति जनाएको श्रम मन्त्रालय श्रोतले जानकारी दियो ।

प्रविधिक कमिटीले अन्तिम रुप दिएको मस्यौदालाई दुवै देशको मन्त्रिपरिषद् बैठकबाट अनुमोदन गरेपछि सम्झौतापत्रमा हस्ताक्षर गर्न मिति तय गरिने भएको छ । यसअघि नेपाली टोलीले माघको दोस्रो साता ओमानसँग छलफल गरेको थियो । दोस्रो पटक नेपालमा छलफल भएको श्रम मन्त्रालयले जानकारी दिएको छ । ओमानसँग नेपालले यस अघि कामदार आपूर्ति गर्ने विषयमा कुनै सहमति गरेको थिएन । तर, पनि वार्षिक १५ हजार युवा रोजगारीका लागि ओमान जाने गरेको वैदेशिक रोजगार विभागले जानकारी दिएको छ ।

रोगदारदाता देशसँग श्रम सम्झौताको लागि पहल गरे पनि रोजगारदाताको सर्त, नेपाली कामदारको दक्षता र क्षमता लगायतका कारणले कतिपय गन्तव्य देशले नेपालसँग श्रम सम्झौता गर्न मान्दैनन् ।

विदेश जाने श्रमिकको सामाजिक सुरक्षा ग्यारेन्टी गर्न रोजगारदाता मुलुकलाई उत्तरदायी बनाउन दुई देशबीचको श्रम सम्झौता हुनुपर्ने अन्तराष्ट्रिय मापदण्डभित्र पर्छ । नेपालले हालसम्म कतार, बहराइन, यूएई, जोडन, दक्षिण कोरिया, मलेसिया, जापान र इजरायल गरी ८ वटा रोजगार गन्तव्य देशसँग श्रम सम्झौता गरेको छ ।

यस पटक सरकारले नयाँ श्रम गन्तब्य र श्रम सम्झौता भएका देशहरूसँग अघिल्ला सम्झौता उल्लेख नभएका कामदारको कानूनी अधिकारको रक्षा र रोजगादाताको दायित्वका विषय केन्द्रित रहेर सम्झौता गर्ने गरी खाका तयार गरेको छ । नेपाल सरकारले केही दिनअघि यूएईसँग श्रम सम्झौताका लागि अन्तिम छलफल गरेलगत्तै ओमानसँग छलफल अघि बढाएको थियो ।

प्रकाशित मिति : २० बैशाख २०७६, शुक्रबार  २ : १४ बजे

राष्ट्रियसभामा मुस्लिम आयोगको प्रतिवेदन प्रस्तुत गर्दै प्रधानमन्त्री

काठमाडौं–  प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रियसभाको आजको बैठकमा ‘मुस्लिम आयोगको आर्थिक

काठमाडौं महानगरका ७५ हजारलाई निःशुल्क कानुनी सेवा, ३५ न्यायिक सहजकर्ता परिचालन

काठमाडौं– काठमाडौँ महानगरपालिकाले आजदेखि पाँचौँ संस्करणका न्यायिक सहजकर्तालाई परिचालन गरेको

३०औँ जनयुद्ध दिवस रुकुमपूर्वमा मनाउँदै नेकपा

रुकुमपूर्व– नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले रुकुमपूर्वमा ३०औँ जनयुद्ध दिवस मनाउँदै

विश्वकपमा आज तीन खेल : पहिलो खेलमा अस्ट्रेलिया र जिम्बाबेको प्रतिस्पर्धा

काठमाडौं – आईसीसी टी–२० विश्वकप अन्तर्गत शुक्रबार तीन खेल हुँदैछन्

सञ्चार मन्त्रालयको दोस्रो त्रैमासिक समीक्षा : पुँजीगत खर्च बढाइनुपर्नेमा जोड

काठमाडौं– सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव लक्ष्मीकुमारी बस्नेतले पुँजीगत