लमजुङमा ७० रोपनी जमिनमा प्याज खेती गरिँदै « Khabarhub

लमजुङमा ७० रोपनी जमिनमा प्याज खेती गरिँदै


६ मंसिर २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

लमजुङ– लमजुङमा ७० रोपनी क्षेत्रफलमा प्याज खेती विस्तार गर्न लागेको छ ।

सङ्घीय सरकारले राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाइ लमजुङ (मनाङ) कार्यालयमार्फत व्यवसायिक प्याज प्रवर्द्धन कार्यक्रममार्फत जिल्लाका आठ पालिकामै गरी उक्त क्षेत्रफलमा यस वर्ष प्याज खेती विस्तार गर्न लागेको कार्यालयका सूचना अधिकारी हरिबहादुर मिजारले बताए ।

आर्थिक वर्ष २०८२–०८३ मा यतिका प्याज खेती विस्तारका लागि किसान र सरकारको ५०/५० प्रतिशत लगानीमा प्याज खेती सुरु गरेको उक्त कार्यालयले जनाएको छ । कार्यालयका अनुसार प्रतिरोपनी कार्यालय र किसानको  सम्मान नौ हजार ८७५ खर्च हुने भएको छ ।

कार्यालयका सूचना अधिकारी मिजारका अनुसार किसान र कार्यालयको गरी प्रतिरोपनी १९ हजार ७५० रुपैयाँ लागत रहनेछ ।

यसका लागि कार्यालयले जिल्लाका २८ वटा कृषक संस्था छनोट गरी यस खेती विस्तार सुरु भएको छ ।  कार्यालयको सात लाख २० हजार रुपैयाँ लागत रहेको छ । एक रोपनीदेखि नौ रोपनीसम्म एक कृषक संस्थाले व्यवसायिक प्याज खेती गर्ने सो कार्यालयका नायव प्राविधिक सहायक नवीन श्रेष्ठले बताए । उनका अनुसार छनोट भएका कृषकलाई प्याज खेती प्रविधि र कार्यक्रम कार्यान्वयनसम्बन्धी एक दिने अभिवृद्धि तालिम सञ्चालन गरिरहेको छ ।

त्यस्तै आर्थिक वर्ष २०८१–२०८२ मा समेत ५० रोपनी जमिनमा  प्याज खेती विस्तार गरेको थियो । गत वर्ष २० कृषक संस्थालाई ६ लाख ८० हजार कार्यालयको बजेट रहेको थियो ।

यस प्याज प्रवर्द्धन कार्यक्रम लमजुङमा दुई वर्षदेखि सुरु भइरहेको छ । बाहिरी जिल्लाको भर पर्नुपर्ने लमजुङबासीलाई जिल्लामै गरिने यस्ता प्याज खेतीले सहज बनाउने छ ।

प्याजको मूल्य र माग राम्रो भएपछि यस खेतीतर्फ किसान आकर्षित हुँदा व्यवसायिक प्याज प्रवर्द्धन कार्यक्रम प्रभावकारी बन्दै आएको छ । (रासस)

प्रकाशित मिति : ६ मंसिर २०८२, शनिबार  ८ : ५७ बजे

देवानगञ्ज घटनाबारे प्रहरीको आग्रह – यथार्थ बुझेर मात्र समाचार सम्प्रेषण गर्नू

इनरुवा – सुनसरीको देवानगञ्ज गाउँपालिका–१ मध्येहर्षाहीस्थित बीपी चोकमा भएको झडपको

काठमाडौं उपत्यकामा राति चल्ने बस बढाइयो, ६ रुटमा २८ विद्युतीय बस (तस्बिरहरू)

काठमाडौं – साझा यातायातले काठमाडौं उपत्यकामा रात्रिकालीन सार्वजनिक यातायात सेवा

कांग्रेसको १५औँ महाधिवेशन : ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न

काठमाडौं – नेपाली कांग्रेसले आगामी असोज १६ देखि १९ गतेसम्म

ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली

काठमाडौं – पशुपति क्षेत्रस्थित शिवपुरी बाबाले करिब १५ वर्ष ध्यान

छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते

जनकपुरधाम – सिरहाको छुट्टाछुटै स्थानमा आज भएको दुर्घटनामा दुई जनाको