‘निर्वाचनलाई सर्वस्वीकार्य बनाउन संचार माध्यामहरुको भूमिका महत्वपूर्ण’ « Khabarhub

‘निर्वाचनलाई सर्वस्वीकार्य बनाउन संचार माध्यामहरुको भूमिका महत्वपूर्ण’


२० बैशाख २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचन आयोगको सम्पूर्ण काम कार्वाही निर्वाचनलाई सर्वस्वीकार्य बनाउने मान्यताद्वारा निर्देशित हुने बताएका छन् ।

नवनियुक्त प्रमुख निर्वाचन आयुक्त थपलियाले निर्वाचन प्रणालीमा सुधार गरेर सुशासनको आधार तयार पार्न आयोग लागि पर्ने प्रतिवद्धता पनि व्यक्त गरे ।

शुक्रबार विश्व प्रेस स्वतन्त्रता दिवसको अवसर पारेर काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले निर्वाचनलाई सर्वस्वीकार्य बनाउन संचार माध्यामहरुको भूमिका महत्वपूर्ण हुने विश्वास पनि व्यक्त गरे ।

प्रमुख निर्वाचन आयुक्त थपलियाले निर्वाचन प्रणाली सुधारका लागि संचार क्षेत्रसँग गम्भिर बहस गर्ने योजना पनि अघि सारे । प्रमुख निर्वाचन आयुक्त थपलियाले निर्वाचन प्रणालीको सुधारका लागि सूचना प्रविधियुक्त निर्वाचन प्रणाली व्यवस्थापनको कामलाई आयोगले उच्च प्राथमिकताका साथ अघि बढाएको पनि बताए ।

प्रकाशित मिति : २० बैशाख २०७६, शुक्रबार  ४ : ०१ बजे

चैत महिनाका लागि घट्यो बैंकहरूमा निक्षेपतर्फको औसत ब्याजदर

काठमाडौं– वाणिज्य बैंकहरूले मुद्दती निक्षेपमा प्रदान गर्ने औसत ब्याजदर यही

प्रधानमन्त्रीको सन्देश : पुराना दलले आत्तिनु पर्दैन, नयाँले मात्तिनु पर्दैन

काठमाडौं– मुलुकको विषम परिस्थितिमा कार्यकारी प्रमुखको जिम्मेवारी सम्हालेर प्रधानमन्त्री सुशीला

पितृशोकमा रहेका ओली भेट्न पुगिन् पूर्वराष्ट्रपति भण्डारी, प्रधानमन्त्री पनि जाँदै

काठमाडौं- पितृशोकमा रहेका नेकपा अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न पूर्वराष्ट्रपति

दाउरा थकाली पुनः सञ्चालनमा

काठमाडौं– ललितपुरको पुल्चोकस्थित दाउरा थकाली रेस्टुरेन्ट नयाँ उत्साह र परिष्कृत

पश्चिम क्षेत्रबाट वर्षा सुरु, वर्षा गराउने प्रणाली पूर्वतर्फ सर्दै

काठमाडौं– नेपालको पश्चिम क्षेत्रबाट आज बिहानैदेखि वर्षा सुरु भएको छ