आईपीएलका सर्वाधिक विकेट लिने खेलाडी राबडा स्वदेश फिर्ता | Khabarhub Khabarhub

आईपीएलका सर्वाधिक विकेट लिने खेलाडी राबडा स्वदेश फिर्ता


२० बैशाख २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– दक्षिण अफ्रिकाका तीव्र गतिका बलर कागिसो राबडाले इन्डियन प्रिमियर लिग (आईपीएल)का बाँकी खेल नखेल्ने भएका छन् । शुक्रबार स्वेदेश फर्किएपछि उनले आईपीएलका बाँकी खेल गुमाउने भएका हुन् ।

आईपीएलमा सर्वाधिक विकेट लिएका राबडाले  १२ खेलबाट २५ विकेट लिएका छन् । गएको बुधबार सम्पन्न चेन्नई सुपर किङ्ससँगको खेलमा ढाडको समस्याका कारण उनलाई दिल्ली क्यापिटल्सले आराम दिएको थियो ।

दिल्लीलाई प्लेअफसम्म पुर्‍याउन महत्वपूर्ण भूमिका खेलेका रबाडाको ढाडमा समस्या देखिएपछि स्वदेश फर्किएका हुन् । मे ३० देखि शुरुहुन लागेको विश्वकप क्रिकेटमा अफ्रिकाको टिममा रहेका छन् । विश्वकप नजिकिँदै गर्दा इन्जुरी देखिएपछि उनी स्वदेश फर्किएका हुन् ।

उनी नखेल्ने भएपछि अब उनको स्थानमा दिल्लीका लागि भने दबाब शृजना भएको छ । यो सिजनमा उनले दिल्लीलाई कोलकाताविरुद्धको खेल सुपर ओभरमा जीताएको खेल निकै चर्चामा रह्यो ।

प्रकाशित मिति : २० बैशाख २०७६, शुक्रबार  ४ : ३३ बजे

मितेरी पुल बगाउँदा कैलाश मानसरोवर जाने यात्रु समस्यामा

काठमाडौं– पर्वतीय पर्यटक व्यवसायीको छाता संस्था ट्रेकिङ एजेन्सीज् एशोसियशन अफ

खैरो हेरोइनसहित ४ जना पक्राउ

धनगढी– कैलालीमा लागूऔषध खैरो हेरोइनसहित चारजना पक्राउ परेका छन् ।

बैतडीमा जीप दुर्घटना, दुई जनाको मृत्यु, ६ घाइते

बैतडी– बैतडीमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ

ट्रम्पलाई अचम्ममा पार्ने लाइबेरियाको विगत

लाइबेरिया खेलकुद जगतमा पहिलो पटक चर्चामा सन् १९९५ मा आएको

बर्सातका कारण सुनसान बने ‘होमस्टे’

बागलुङ– बागलुङमा सबैभन्दा बढी चर्चित छ भकुण्डेको अतिथि सत्कार घरबास