दोहोरो अंकको आर्थिक वृद्धिदरका लागि आधार तयार भयो– राष्ट्रपति भण्डारी « Khabarhub

दोहोरो अंकको आर्थिक वृद्धिदरका लागि आधार तयार भयो– राष्ट्रपति भण्डारी


२० बैशाख २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


काठमाडौं– राष्ट्रपति विद्यादेवी भण्डारीले दोहोरो अंकको आर्थिक वृद्धिदरका लागि आधार तयार भएको बताएकी छन् ।

शुक्रबार संघीय संसदको संयुक्त वैठकलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले अघिल्ला २ वर्ष ६ प्रतिशतले आर्थिक वृद्धि भएको र चालू आर्थिक वर्षमा समेत ७ प्रतिशतको आर्थिक वृद्धिदरले दोहोरो अंकको आर्थिक वृद्धिदर हासिल गर्ने आधार बनेको बताइन् ।

राष्ट्रपति भण्डारीले राष्ट्रिय बचत २७ प्रतिशतले वृद्धि भइ पूँजी निर्माणको राष्ट्रिय आधार तयार भएको पनि बताइन् ।

सरकारले हालै आयोजना गरेको लगानी सम्मेलनमा विभिन्न क्षेत्रका परियोजनामा लगानी गर्ने समझदारी हुनुले नेपाल महत्वपूर्ण लगानी गन्तव्य भएको सन्देश प्रवाहित भएको पनि राष्ट्रपतिले बताइन् ।

प्रकाशित मिति : २० बैशाख २०७६, शुक्रबार  ४ : ४९ बजे

पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित

मुस्ताङ – पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित भएको छ ।

पिकअपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

मकवानपुर – मकवानपुरको हेटौँडामा पिकअप गाडी र मोटरसाइकल एकआपसमा ठोक्किँदा

किन घटे मुस्ताङ आउने पर्यटक ?

मुस्ताङ – गत आर्थिक वर्षको पहिलो तीन महिनाको तुलनामा चालु

गाजामा इजरायली हवाई आक्रमणमा हमासका तीन सदस्य मारिए

जेरुसेलम – गाजा पट्टीमा गत सप्ताहान्त इजरायलले गरेको हवाई आक्रमणमा

तातोपानी नाका नियमित सञ्चालनको माग, दुई दिनमा जम्मा १० कन्टेनर नेपाल भित्रिए

सिन्धुपाल्चोक – यही कात्तिक १ गतेदेखि अस्थायी रुपमा सञ्चालनमा ल्याइएको