विराज भट्ट अब निर्देशक, ‘साङ्लो’ को औपचारिक घोषणा « Khabarhub

विराज भट्ट अब निर्देशक, ‘साङ्लो’ को औपचारिक घोषणा


२० बैशाख २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अभिनेता विराज भट्टले निर्देशन गर्ने गरी चलचित्र ‘साङ्लो’ को औपचारिक घोषणा गरिएको छ । राजधानीमा शुक्रवार एक विशेष कार्यक्रमको आयोजना गर्दै फिल्म निर्माणको घोषणा गरियो ।

चलचित्रको शीर्ष भूमिकामा विराज भट्टले नै अभिनय गर्नेछन् भने फिल्ममा लगानीको केही हिस्सा भट्टकै रहनेछ । यस्तै विराजको अपोजिटमा मिस नेपाल २०१८ निकिता चन्डकले अभिनय गर्नेछिन् । फिल्ममा कामेश्वर चौरासिया, जयनन्द लामा लगायतका कलाकारको शीर्ष भूमिका रहनेछ । यस्तै फिल्ममा तेजकुमार खड्काको पनि निर्माण रहने बताइएको छ ।

अभिनेता विराज भट्टले आफूले बीचमा फिल्म बनाउने सोचे पनि लामो समयपछि नेपाली फिल्म क्षेत्रमा फर्कन लागेको बताए । पछिल्लो समय उनी भोजपुरी सिनेमामा पनि उत्तिकै सक्रिय छन् । उनको भोजपुरी सिनेमामा पनि उत्तिकै क्रेज छ ।

‘मैले कुनै समय भोजपुरी सिनेमा पनि निर्माण गर्नेछु, निर्माण नै गर्ने भए पहिले नेपाली सिनेमा किन नगर्ने भनेर ‘साङ्लो’ बनाउने निर्णय गरेँ, नेपाली फिल्म क्षेत्रसँग छुट्टै माया गाँसिएको छ,’ अभिनेता भट्टले भने ।

यस्तै फिल्ममा अनुबन्ध भएकी नायिका निकिता चन्डकले पनि फिल्मको कथावस्तु मन परेकाले गर्दा अभिनयका लागि राजी भएको बताइन् ।

चलचित्रमा स्किृप्ट शिवम् अधिकारीको हुनेछ । झण्डै २ करोडको लगानीमा निर्माण हुन लागेको यो फिल्म काठमाडौंबाहिर ‘भर्जिन’ लोकेसनमा छायांकन हुनेछ । झण्डै ५० दिन लगाएर छायांकन सकिने भट्टले बताए । उनले यो फिल्मका लागि झण्डै १ वर्षदेखि तयारी गरेको पनि बताए ।

चलचित्रमा कथा हालको समाज हेरेर त्यही अनुसार तयार पारेको निर्माण टिमले जनाएको छ ।

प्रकाशित मिति : २० बैशाख २०७६, शुक्रबार  ५ : ३८ बजे

यमनमा हुथी विद्रोहीको आक्रमणमा २० सैनिकको मृत्यु

साना- यमनको दक्षिणी क्षेत्रमा हुथी विद्रोहीहरूले सरकारी सेनाको सैन्य शिविरमा

राष्ट्रपति पौडेलद्वारा विभिन्न शक्तिपीठमा पूजाआराधना एवं दर्शन

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले शारदीय नवरात्रका अवसरमा काठमाडौँ उपत्यकाका विभिन्न

फ्रान्समा हिंसा : गृहमन्त्रीको राजीनामा अस्वीकार गरेका म्याक्रों खाडीतिर

काठमाडौँ- फ्रान्सका प्रमुख शहरहरूमा हालै भएको व्यापक हिंसात्मक प्रदर्शन, तोडफोड

आरुघाटको बेलीब्रिज निर्माण सम्पन्न, सेनाद्वारा हस्तान्तरण

काठमाडौं- धादिङ र गोरखा जिल्लालाई आपसमा जोड्ने मुख्य सडक सञ्जालमा

एम्बुलेन्सबाट पाँच क्विन्टलभन्दा बढी गाँजा बरामद

सुनसरी- दुहबी नगरपालिका–६ स्थित बूढी खोलाको किनारबाट प्रहरीले पाँच क्विन्टलभन्दा