राजतन्त्र बिदा गरेका नेपालीलाई ‘रानी’ बोक्ने रहर छैन–कांग्रेस प्रवक्ता शर्मा « Khabarhub

राजतन्त्र बिदा गरेका नेपालीलाई ‘रानी’ बोक्ने रहर छैन–कांग्रेस प्रवक्ता शर्मा


२० बैशाख २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकाको नीति तथा कार्यक्रम प्रश्तुत गर्दा राष्ट्रपति विद्यादेवी भण्डारीले ‘मेरो सरकार’ भनेकोमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आपत्ति जनाएको छ ।

नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले प्रधानमन्त्री केपी ओलीलाई प्रश्न गर्दै देशमा नेपाली जनताले बनाएको नेपाल सरकार छ कि राष्ट्रपतिको सरकार ? भन्दै प्रश्न गरेका छन् ।

सामाजिक सञ्जाल ट्वीटरमा ट्वीट लेख्दै प्रवक्त शर्माले कुनै बेला श्री ५ को सरकार थियो, राजाले ‘मेरो सरकार’ भनेर सम्बोधन गर्थे । आज राष्ट्रपतिले उही शैलीमा भन्न मिल्ने हाम्रो संविधानको कुन धारामा व्यवस्था छ ? भनि प्रश्न गरेका छन् ।

‘राष्ट्रपतिलाई राष्ट्रपति नै रहन दिऊँ सरकार, राजतन्त्र विदा गरेका नेपाली नागरिकलाई ‘रानी’ बोक्ने कुनै रहर छैन’ उनले अगाडि भनेका छन्,‘दशैंको टीका प्रकरण अनि आजको ‘मेरो सरकार’ सामान्य त्रुटि विल्कुलै होइन ।’

सरकारको नीति तथा कार्यक्रम प्रश्तुत गर्दा राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल सरकारको सट्टा ‘मेरो सरकार’ भनेकोमा सामाजिक सञ्जालहरुमा आलोचना भइरहेको छ ।

प्रकाशित मिति : २० बैशाख २०७६, शुक्रबार  ६ : ३० बजे

कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै, समानुपातिक सांसदको टुंगो लगाउने

काठमाडौँ– नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दैछ ।

न्युक्यासल युनाइटेडसँग चेल्सी पराजित

काठमाडौँ – प्रिमियर लिगमा न्युक्यासल युनाइटेडसँग चेल्सी पराजित भएको छ

लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

एल्चेको पोस्टमा रियल मड्रिडले गर्‍यो चार गोल

काठमाडौँ – स्पेनिस ला लिग अन्तर्गत गएराति भएको खेलमा रियल

यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमय दर

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आज ९आइतबार० का लागि विदेशी